img

सप्तरीमा करेन्ट दुर्घटनामा दम्पतीको मृत्यु : स्थानीयले लापरबाही आरोप


पिपरा (सप्तरी), १ भदौ। सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.५ पिपरामा करेन्ट लागेर दम्पतीको मृत्यु भएको छ।

कञ्चनरुपमा करेन्टले श्रीमान–श्रीमती दुवैको प्राण लियो

शनिबार करिब ८ बजे खेतमा काम सकेर घर फर्किने क्रममा ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदार करेन्ट सट्दा घटनास्थलमै ज्यान गुमाएका हुन्।
प्रहरीका अनुसार मृतक सरदार दम्पती आफ्नै खेतबाट घर फर्कंदै गर्दा नजिकैको महेन्द्र सरदारको खेतमा तानिएको जिआइ तारमा सटेका थिए।

धानबाली जोगाउन खेतमा तानिएको तारमा सटेर दुवैको ज्यान गयो : स्थानीयका अनुसार दुर्गानन्द चाैधरीकाे लापरबाही 

साे घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी माधव प्रसाद काफ्लेको नेतृत्वमा टोली खटिएको हाे।
स्थानीयका अनुसार दुर्गानन्द चौधरीले आपनो खेतामा हात्ती धपाउनका लागि कच्ची सडक हुँदै जिआइ तार तानेर लाइन प्रवाह गरेको प्रारम्भिक तथ्य फेला परेको छ। उनको लापरबाहीकै कारण दम्पतीको ज्यान गएको आरोप लगाइएको छ।


प्रतिक्रिया दिनुहोस् ।