img

चन्द्रनहरमा पुरुष मृत अवस्थामा फेला : आत्महत्या वा दुर्घटनाको अनुमान


अपूर्व न्युज समाचारदाता ।
कञ्चनपुर (सप्तरी), ३१ साउन । सप्तरीको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिकै रहेको चन्द्र नहरमा एक पुरुष मृत अवस्थामा फेला परेकाे हाे।

गोबिन्द चौधरीको शव फेला : प्रारम्भिक रूपमा आत्महत्या वा दुर्घटनाको शंका”

साे इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मृतक कञ्चनरुप नगरपालिका–७ बलुवा चोकका ५० वर्षीय गोबिन्द चौधरी रहेका छन्। उनी स्थानीय नटाई चौधरीका छोरा भएको प्रहरीले पुष्टि गरेको हाे ।
आज दिउँसो स्थानीयले नहरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। जानकारी प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो।
प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी शवलाई नहरबाट बाहिर निकालेको र मुचुल्का तयार पारी गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा पोस्टमार्टमका लागि पठाइएको जनाएको हाे।

प्रहरीले पोस्टमार्टमका लागि शव गजेन्द्र नारायण सिंह अस्पताल पठाएको

घटनाको सम्पूर्ण तथ्य पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। मृतक चौधरीको शव फेला परेको नहर इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट करिब दुई किलोमिटर उत्तर–पश्चिमतर्फ पर्छ।
शव फेला परेपछि स्थानीय क्षेत्रमा ठूलो भीड जम्मा भएको थियो। घटनालाई शंकास्पद मान्दै प्रहरीले मृतकको परिवार र स्थानीयवासीसँग सोधपुछ थालेको हाे। प्रारम्भिक रूपमा आत्महत्या वा दुर्घटनाको सम्भावना रहेको अनुमान गरिए पनि घटनाको वास्तविक कारण अहिलेसम्म खुल्न सकेको छैन।


प्रतिक्रिया दिनुहोस् ।