img

सप्तरीमा करेन्ट लागेर ज्यान गुमाएका दम्पति परिवारलाई : मधेश सरकारले नागरिक बीमा सुविधा सुरु


राजकुमार पासवान ।
रुपनी(सप्तरी),१६ साउन । सप्तरीको रूपनी गाउँपालिका–२ पौंवा टोलमा करेन्ट लागेर ज्यान गुमाएका बालेश्वर खंग र उनकी श्रीमती रामकुमारी खंगका परिवारलाई मधेश प्रदेश सरकारले नागरिक बीमा सुविधाको पहल सुरु गरेको हाे।

प्रदेश सरकारका प्रतिनिधिहरु ज्यान गुमाएका खंग दम्पतीकाे घरदैलोमा ।

गत शुक्रबार साँझ सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा ४० वर्षीय बालेश्वर खंगको मृत्यु भएको थियो। उनलाई बचाउन गएकी ३५ वर्षीया रामकुमारी खंगको पनि करेन्ट लागेर ज्यान गएको थियो। दैनिक मजदूरीमा निर्भर खंग दम्पति पछाडि आश्रित परिवार छोडेर गएपछि गाउँ शोकमा डुबेका छन्।

खंग दम्पतिको निधनपछि प्रदेश सरकार सिधै पीडितको घरदैलोमा

दुर्घटनापछि पीडित परिवारलाई सान्त्वना दिन मधेश प्रदेश सरकारको उच्चस्तरीय टोली सोमबार घटनास्थलमा पुगेको थियो। टोलीमा खेलकुद तथा समाजकल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित कुमार यादव, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश कुमार झाले भने-उपसचिव धर्मेन्द्र लाल कर्ण र बीमा कम्पनीका प्रतिनिधिहरू सहभागी थिए।
टोलीले पीडित परिवारसँग भेटेर संवेदना प्रकट गर्दै प्रदेश सरकारले सुरु गरेको नागरिक बीमा कार्यक्रमअन्तर्गत क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया सुरु भएको जानकारी दिएको हाे । बीमा सुविधा सहज बनाउन आवश्यक कागजात संकलन र स्थानीय तहसँग समन्वय सुरु भएको पनि टोलीले जनाएको हाे।

नागरिकको सुख–दुःखमा मधेश सरकार : विपदमा प्रत्यक्ष बीमा सहायता

प्रदेश सरकारले यो वर्ष साउन १ गतेदेखि लागू गरेको नागरिक बीमा कार्यक्रममार्फत विपद्का बेलामा प्रत्यक्षरूपमा पीडितको घरदैलोमै पुगेर राहत र सहारा पुर्याउने नीति लिएको हाे । टोलीका सदस्यहरूले भने, “नागरिकको सुख–दुःखमा साथ रहन प्रदेश सरकार प्रतिबद्ध छ।”


प्रतिक्रिया दिनुहोस् ।