img

छोरा जन्मदिनकाे अबसरमा कञ्चनरुपकाे एक विद्यालयमा बुवाले सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरे


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर (सप्तरी), १८असार । सप्तरीको कञ्चनरूप नगरपालिका–१, बैरवास्थित श्री लक्ष्मीनारायण माध्यमिक विद्यालयमा बुधबार एक अभिभावकले आपनो छाेराकाे जन्मदिनको अबसरमा सकारात्मक र प्रेरणादायी कार्य सम्पन्न भएको हाे।

कञ्चनरुप नगरपालिका वडा नं.१ स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयका विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै ।

साे कञ्चनरूप नगरपालिका–१, बैरवा निवासी व्यापारी तथा समाजसेवी रोशन कुमार साहले आफ्ना छाेरा शिवांस साहको ७ आैं जन्मदिनको अवसरमा विद्यालयमा अध्ययनरत १ कक्षादेखि १० कक्षासम्म  विद्यार्थीलाई १ सय ६५ शैक्षिक सामग्री (ओजार) वितरण गर्नुभएको हाे।
साे शिवांश रायन इन्टरनेसनल स्कूल, नयाँ दिल्लीमा कक्षा २ मा अध्ययनरत छन ।

शिवांश रायन इन्टरनेसनल स्कूल, नयाँ दिल्लीमा कक्षा २ मा अध्ययनरत छन ।

जन्मदिनको अवसरमा विद्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको हाे ।शिवांशका बुवा व्यवसायी रोशन कुमार साहले जन्मदिनको स्मृतिमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि शिक्षासम्बन्धी सामग्रीहरू वितरण गर्नुभएको हाे। उहाँ एपेक्स वर्ल्डवाइड एक्सप्रेस, महिपालपुर नयाँ दिल्लीका सञ्चालक हुन।

छाेराकाे जन्मदिनकाे अबसरमा बुवा रोशन साहद्वारा शिक्षा र सेवाको उदाहरणीय योगदान

साे व्यापारी एवम् समाजसेवी साहले,भने-सामाजिक उत्तरदायित्वसँगै बालबालिकामा शिक्षा र सृजनशीलताको अभिवृद्धि गर्ने उद्देश्यले गरिएको यो कार्यले विद्यालय समुदायमा उत्साह र प्रेरणा जगाएको हाे।
साे समाजसेवी रोशन साहलाई यस्तो सामाजिक तथा सकारात्मक पहलका लागि विद्यालय परिवार र स्थानिय समुदायले हार्दिक धन्यवाद प्रकट गरेका छन्।


प्रतिक्रिया दिनुहोस् ।