img

प्रहरीले चोरी सिकारीमा संलग्न पुर्वडिआईजी सहित ९ जनालाई पुणह वनलाई जिम्मा लगायौं


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर,(सप्तरी) १६ भदौं । ईलाका प्रहरी कार्यालय कञ्चनपुरले पुर्वसुरक्षाकर्मीकै नेतृत्वमा अवैध रुपमा चोरीसिकारी गर्ने ९ जनालाई पुणह सव डिभिजन वन कार्यालय कञ्चनपुरलाई जिम्मा लगाएको हो ।

बँदेल

आइतबार ईलाका प्रहरी कार्यालय कञ्चनपुरले हाजरी जमानीमा छोडिएका अवैध रुपमा चोरीसिकारी गर्ने पूर्वडीआईजीसहित ९ जनालाई वन कार्यालय कञ्चनपुरलाई पुणह जिम्मा लगाएको सव डिभिजन वन कार्यालय कञ्चनपुरका रेन्जर संतोष यादवले बताए ।

समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि सव डिभिजन वन कार्यालय कञ्चनपुरलाइ चोरीसिकारी गर्ने ९ जनालाई जिम्मा लगाइएको हो ।

गत भदौ १२ गते मध्यराति चोरीसिकारी गरी बँदेललाई मारेर वन कार्यालय कञ्चनपुरको मिलोमतोमा गाडिएको खाल्टोबाट निकालिएर पोस्टमार्टमका लागि आईतबार पठाएको हो । गत बिहीबार सब डिभिजन वन कार्यालय कञ्चनपुरकै मिलोमतोमा परिसरमा गाडिएको बँदेल पोस्टमार्टमका लागि आइतबार खाल्टोबाट निकालिएको हो ।

डिभिजन वन कार्यालय सप्तरीको निर्देशनमा अवैध चोरीसिकारी गर्नेहरूले मारेको बँदेल पोस्टमार्टमबिना नै वन कञ्चनपुर परिसरमा गाडिएको स्थानबाट बँदेल निकालिएको हो ।

हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेज क्षेत्रबाट अवैध रूपमा बँदेल मारेर ल्याउँदै गर्दा इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुशान्त मिश्र नेतृत्वको प्रहरी टोलीले हतियारसहित उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
खाल्टोबाट निकालिएको बँदेल पोस्टमार्टमका लागि कोशी टप्पु वन्यजन्तु आरक्ष लागिएको गत भदौ १२ गते मध्यराति सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ कोशी पलार क्षेत्रबाट राइफल, गोली, मारिएको बँदेलसहित पक्राउ परेका पूर्वडीआईजी ज्ञानविक्रम शाह, बहालवाला सई सन्जय न्यौपाने र पूर्वउपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादवलाई उन्मुक्ति दिन हतार हतारमा बँदेल गाडिएको थियो ।
बिहिबारनै हनुमाननगर कंकालिनी नगरपालिका ८ घर भएका पूर्वउपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादव, तिरहुत २ का लक्षमण मण्डल, हनुमाननगर कंकालिनी २ का जर्नादन राउत, इटहरी २ का प्रदीप लिम्बू, राजविराज ७ का रविन दासलाई समेत पक्राउ गरिएको थियो । यसैगरी हनुमाननगर कंकालनी नगरपालिका ५ का ओमशंकर प्रसैला, वडा नम्बर १ का लक्षमण मण्डल, वडा नम्बर ३ का शंकर खिडहरी यादवलाई पनि पक्राउ गरिएको थियो ।
प्रहरीले चोरीसिकारी गर्ने साथबाट २२ क्यालिबरको राइफल एकवटा, म्यागजिन दुई, १५ राउन्ड गोली, तीनवटा वाइनाकुलर, ट्राइपड एक, फलामको हथौडा एक, खुर्पा एक पनि बरामद गरेको थियो। यस्तै मारिएको बदेल लोड गरिएको को २ त ६९ नम्बरको ट्याक्टर र प्र ३ ( ०१( ०२२ च ६८५५ नम्बरको स्कारपियो जिपसमेत नियन्त्रणमा लिएको थियो ।
सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्धि बज्राचार्य र इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी महेन्द्र नेपालको निर्देशनमा शिकारीहरूले मारेको बँदेल बेवारिसे भन्दै सब डिभिजन वन कार्यालय कञ्चनपुरमा बुझाई पक्राउ गरिएका पूर्वडीआइजी शाहसमेत १० जनालाई गत बिहीबार नै छोडिएको थियो ।

 

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार