img

दुर्घटनामा श्रीमान् र छोरासँगै ज्यान गुमाएकी प्रिजाः १० वर्षदेखि ऊर्जा मन्त्रालयमा गर्थिन् काम


काठमाण्डौं,९ साउन । बुधवार बिहान सौर्य जहाज दुर्घटनामा परेर ऊर्जा सचिवको सचिवालयमा सहायक कम्प्युटर अपरेटरका रूपमा काम गर्ने प्रिजा खतिवडासहित उनका श्रीमान् र छोराको पनि ज्यान गएको छ ।
करार कर्मचारीको रुपमा काम गरेकी प्रिजा एकदमै मेहनती र प्रतिबद्ध कर्मचारी रहेको मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले लोकान्तरलाई बताए ।
’प्रिजा ऊर्जा सचिवको सचिवालयमा १० वर्षदेखि सहायक कम्प्युटर अपरेटर भएर काम गर्नुभएको थियो,’ सिंहले भने, ’यहाँ मेहनती हुनुहुन्थ्यो । हिजो (मंगलवार) पनि अफिस आउनुभएको थियो, आज दुःखद खबर सुन्नु पर्यो ।’

प्रिजाका श्रीमान् मनुराज शर्मा सौर्य एयरलाइन्सका प्राविधिक हुन् । जहाज मर्मतका लागि पोखरा जानुपर्ने भएपछि उनी टीममा परेका थिए ।

केही दिन बस्न पाइने भएपछि शर्मा पोखरा घुम्न उत्साहित थिए । यसपछि उनले श्रीमती प्रिजा र छोरा अधिराजलाई पनि सँगै पोखरा लैजान खोजेका थिए ।
प्रिजा नेकपा (एकीकृत समाजवादी)को प्रचार विभाग सचिव एवम् पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष प्रकाश खतिवडाकी छोरी हुन् ।
दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने जीवितै उद्धार गरिएका पाइलट मनीषरत्न शाक्यको उपचार भइरहेको छ । साभार ः लोकान्तरडटकम

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार