img

हुलाकलाई जनमुखी सेवा प्रवाहमा जोड दिंदै : नगरप्रमुख गुप्ता


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर, २५ जेठ। सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सरोकारवाला स्थानीय तहहरूसँग अन्तरक्रिया कार्यक्रम कञ्चनरुप नगरपालिकाको सभाहलमा सम्पन्न भएको हाे।

हुलाक सेवा जनमैत्री बनाउन सरोकारवालासँग छलफल

आइतबार जिल्ला हुलाक कार्यालय सप्तरी, राजविराजको आयोजित कार्यक्रममा कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताले सरकारी सेवा तथा कामकाजलाई जनमुखी बनाउँदै हुलाक सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने धारणा व्यक्त गरेकाे हाे।

स्थानीय तहसँग सहकार्यमा हुलाक सेवा सुधारको प्रयास

उनले स्थानीयबासीको आवश्यकता, सन्तुष्टि र सुविधालाई प्राथमिकतामा राखेर हुलाक सेवा सञ्चालन गरिएमा यसको प्रभावकारिता अझ बढ्ने विश्वास व्यक्त गरे।

साे कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, हुलाक कार्यालयका प्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका सहभागीहरूबीच सेवा प्रवाह, पारदर्शिता र जनमैत्री व्यवस्थापनबारे छलफल गरिएको थियो।
हुलाक सेवा सुधारका लागि स्थानीय तहहरूसँग सहकार्यलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता पनि कार्यक्रममार्फत व्यक्त गरिएको छ। जिल्ला हुलाक कार्यालय सप्तरीका जिल्ला हुलाक अधिकृत विनाेद कुमार साहकाे अध्यक्ष्ातामा कार्यक्रम सम्पन्न भएको हाे ।


प्रतिक्रिया दिनुहोस् ।