img

जनमत पार्टीद्वारा “प्रेस जनमत संघ” को केन्द्रीय तदर्थ समिति गठनको तयारी


अपूर्व न्यूज समाचारदाता ।
काठमाडौं, २१ जेष्ठ । राजनीतिक र सामाजिक रूपान्तरणको सशक्त माध्यमको रूपमा सञ्चार क्षेत्रको भूमिकालाई सशक्त बनाउने उद्देश्यले जनमत पार्टीले “प्रेस जनमत संघ” को केन्द्रीय तदर्थ समिति गठन गर्न लागेको हाे।

जनमत पार्टीले मंगलबार जारी गरिएको “प्रेस जनमत संघ” गठन गर्न आह्वान ।

मंगलबार पार्टीले सबै इच्छुक पत्रकारहरूलाई आगामी जेष्ठ २३ गते शुक्रबार भित्र सम्पर्क गर्न अनुरोध गरेको हाे। इच्छुक पत्रकारहरूले आफ्नो नाम, परिचय र पत्रकारिता अनुभवसहित [email protected] मा इमेल गर्न वा ९८२९७९९२२२ नम्बरमा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको हाे।
जनमत पार्टीका अनुसार प्रेस जनमत संघले पार्टीको नीतिगत धारणा, जनहितका मुद्दा र समाजको वस्तुगत यथार्थ उजागर गर्न सहयोग पुर्‍याउने छ।

साथै जनमत पार्टीले पत्रकारहरूको पेशागत विकास, हकहित र प्रेस स्वतन्त्रताको पक्षमा समेत सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको हाे।

पार्टी स्रोतका अनुसार तदर्थ समितिमा पत्रकारिता क्षेत्रका अनुभवी, निष्ठावान तथा परिवर्तनशील सोच भएका व्यक्तिहरूलाई समावेश गरिनेछ।
साे सञ्चारक्षेत्रको सशक्तिकरणमार्फत जनताको आवाजलाई सशक्त ढंगले अगाडि बढाउने अभियानमा यो कदम ऐतिहासिक बन्ने जनमत पार्टीको विश्वास हाे।


प्रतिक्रिया दिनुहोस् ।