img

५०ओैं वर्ष पुरानो विवाद समाधान गर्दै हबेली टोलको बाटो आर.सि.सि. ढलान


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर,६ जेष्ठ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ३ स्थित हबेली टोलको बाटो पछिल्लो ५० वर्षदेखि विवादित रहँदै आएको आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटबाट आर.सि.सि. ढलान गरिएको हाे।

हबेली टोलको बाटो आर.सि.सि. ढलान

मंगलबार कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताका अनुसार सो बाटो निर्माणले स्थानीय बासिन्दाको दीर्घकालीन माग पूरा हुनुका साथै नगरको समग्र विकासमा उल्लेखनीय टेवा पुर्‍याउने विश्वास लिएको छ।

“दशकौँदेखिको समस्याको समाधानमा हामी सफल भएका छौं, यो सम्पूर्ण नगरवासीको सहयोगले मात्र सम्भव भएको हो,” उनले बताए।

साे निर्माण कार्य सम्पन्न गर्न सहयोग पुर्‍याउने नेपाल सरकार अन्तर्गतको सशस्त्र प्रहरी बल भारदह, बरमझिया, सीतापुर, नेपाल प्रहरी कञ्चनरुप, नगर प्रहरी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीय बासिन्दाप्रति नगरपालिकाले आभार व्यक्त गरेको छ।
नगर प्रमुख गुप्ताले कञ्चनरुप नगरपालिकाको तर्फबाट सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि जनसरोकारका कामहरूमा सहकार्यको अपेक्षा व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस् ।