img

घामपानीको प्रवाह नगरी विकासमा समर्पित गृहमन्त्री लेखी, दर्जनौँ योजनाको शिलान्यास


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर(सप्तरी),६ जेष्ठ ।  मधेस प्रदेशका गृहमन्त्री तथा सरकारका प्रवक्ता राजकुमार लेखी विकास निर्माण तथा जनताको सेवामा दिनरात खटिँदै आएकाे हाे।

मधेस प्रदेशका गृहमन्त्री तथा सरकारका प्रवक्ता राजकुमार लेखी शिलान्यास गर्दै ।

कुनै पनि मौसमी अवरोधको प्रवाह नगरी लगातार योजनाको शिलान्यास र अनुगमनमा सक्रिय गृहमन्त्री लेखी मंगलबार पनि सप्तरीका विभिन्न स्थानमा आधा दर्जनभन्दा बढी योजना सार्वजनिक रूपमा शुभारम्भ गरे।
मंगलबार बिहान पनि वर्षा भइरहेका बेला सप्तकोशी नगरपालिका–२ को सत्यनारायण टोलमा ८० लाख रुपैयाँको लागतमा बन्ने आरसीसी सडक ढलानको शिलान्यास उहाँले छाता ओढ्दै निर्धारित समयमा सम्पन्न गर्नुभयो। त्यसपछि उहाँले सप्तकोशी–१० मा ३५ लाखको बजेटमा श्री राष्ट्रिय आधारभूत विद्यालय, मलाह टोलको भवन निर्माण, वडा नं. ९ कमलपुरमा रामजानकी मन्दिर निर्माण, तथा भगनीस्थित जनता मा.वि. को भवन निर्माण कार्यको समेत शिलान्यास गर्नुभयो।
त्यस्तै, कञ्चनरुप नगरपालिका–११ को ठेलियास्थित भुवन मा.वि. को भवन स्तरोन्नति कार्य (३० लाख बजेटमा) र वडा नं. ८ को हटिया टोलमा ४० लाखको लागतमा बन्ने पक्की नाला निर्माण कार्यको शिलान्याससमेत गृहमन्त्री लेखीले गर्नुभयो।
गृहमन्त्री लेखीले यसै क्रममा सर्वोदय मा.वि. कञ्चनपुर र महेन्द्र जनता मा.वि. बलुवा सितापुरको निरीक्षण समेत गर्नुभयो। महेन्द्र जनता मा.वि. को भवन स्तरोन्नति कार्य गुणस्तरीय नपाइएको पाइएको छ भने प्रधानाध्यापक मो. सलिमले आफूलाई योजना बारे जानकारी नदिइएको बताउनुभएको छ। साथै, निर्माण स्थलमा योजनाको बोर्ड र अनुमान लागतसम्बन्धी विवरणसमेत नरहेको उल्लेखनीय छ।
मन्त्री लेखीले जनताको चाहना र आवश्यकतालाई केन्द्रमा राखेर संघीय तथा प्रदेश सरकारबाट बजेट उपलब्ध गराइएपनि त्यसको सदुपयोग, कार्यान्वयन, निरीक्षण, रेखदेख लगायत जिम्मेवारी स्थानीय जनप्रतिनिधिहरूको रहेको स्पष्ट गर्नुभयो। तर, उहाँले केही जनप्रतिनिधिमा आफ्ना जिम्मेवारी भुल्दै अनावश्यक टिप्पणी र दोषारोपण गर्ने प्रवृत्ति बढ्दो देखिएकोप्रति चिन्ता व्यक्त गर्नुभयो।
गृहमन्त्री लेखीले सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका र कञ्चनरुप नगरपालिकामा थप योजनाहरूको शिलान्यास कार्यक्रम पनि तय रहेको जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस् ।