img

मधेस प्रदेश सुरक्षा समन्वय समितिको बैठक सम्पन्न,नयाँ सुरक्षा प्रमुखहरूलाई दोसल्ला ओढाएर स्वागत


अपूर्व न्यूज समाचारदाता ।
जनकपुरधाम, २६ वैशाख । मधेस प्रदेशको सुरक्षा समन्वय समितिको बैठक  गृह, सञ्चार तथा कानून मन्त्रालयमा सम्पन्न भएको हाे ।


शुक्रबार बैठकमा गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले हालै सरुवा भई मधेस प्रदेश आएका विभिन्न सुरक्षा निकायका प्रमुखहरूलाई दोसल्ला ओढाएर स्वागत गर्नुभएकाे हाे ।

साे सुरक्षा समन्वय समितिको बैठकले प्रदेशको समग्र सुरक्षा अवस्था, आपसी समन्वय तथा आगामी रणनीतिहरूमा छलफल गर्दै महत्वपूर्ण निर्णयहरू गरेको मन्त्रालयले जनाएको हाे।

बैठकमा मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव मदन भुजेल, प्रदेश सचिव बिमल प्रसाद बराल, धनुषाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिजाल, नेपाली सेना मध्यपूर्वी पृतना हेडक्वाटर बर्दिबासका सहायक रथी भुवन खत्री, मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमा प्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी बल २ नं. बाहिनीका डीआईजी कृष्ण ढकाल, तथा राष्ट्रिय अनुसन्धान विभाग मधेस प्रदेश कार्यालय जनकपुरधामका निर्देशक माधव प्रसाद तिमिल्सिना सहित प्रदेश तथा जिल्ला तहका सुरक्षा निकायका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

बैठकको अध्यक्षता प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले गर्नुभएको हो।


प्रतिक्रिया दिनुहोस् ।