img

हवाहरीले भत्कायो पब्लिक आधारभूत विद्यालय कञ्चनपुरकाे ११ मिटर लामो पर्खाल


अपूर्व न्युज समाचारदाता ।
कञ्चनपुर,बैशाख १७ गते । गत वैशाख १४ गते राति  तेज गतिले  आएको हवाहुरीकाे कारणले कञ्चनरुप नगरपालिका वडा नं. ८ मा अवस्थित पब्लिक आधारभूत विद्यालय, कञ्चनपुर सप्तरीको दक्षिणतर्फको पर्खाल  भत्किएको छ।
विद्यालयका प्रधानाध्यापक विजेन्द्र शर्माका अनुसार राति १२:३० बजेको समयमा आएको तेज हवाहुरीले पर्खालमा जोडिएको अरुको बाँससमेत भत्काउँदै पर्खालमाथि ठूलो असर पारेको बताएको हाे । करिब ११ मिटर लामो पर्खाल क्षतिग्रस्त भएको जानकारी उनले दिएकाे हाे ।
घटनास्थलको स्थलगत अनुगमन गरि आवश्यक मर्मत तथा पुनःनिर्माणको व्यवस्था मिलाइदिन विद्यालयका प्रधानाध्यापक  शर्माले कञ्चनरुप नगरपालिका वडा नं.८ का वडा अध्यक्ष मार्फत कञ्चनरुप नगरपालिकाकाे कार्यालयमा समेत जानकारी गराएको हाे ।


प्रतिक्रिया दिनुहोस् ।