img

नक्सा पास नगरी भवन निर्माण गरे कारबाही हुने : कञ्चनरुप नगरपालिका


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर(सप्तरी), १४ चैत्र । सप्तरीको कञ्चनरुप नगरपालिका भित्र नयाँ भवन वा संरचना निर्माण गर्दा नक्सा पास गरी इजाजत लिनु अनिवार्य गरिएको हो ।

कञ्चनरुप नगरपालिकाले बिहिबार जारी गरेकाे सुचना ।
कञ्चनरुप नगरपालिकाले बिहिबार जारी गरेकाे सुचना ।

नगरपालिकाले हालसालै एक सूचना जारी गर्दै बिना नक्सा पास निर्माण गरिएका भवनहरूको काम तुरुन्त रोक्न निर्देशन दिएको हो ।
सो बिहिबार कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतनवराज खडकाले एक सुचना जारी गरि बिना अनुमति भवन निर्माण गरिरहेकालाई अविलम्ब नगरपालिकामा सम्पर्क गरी नक्सा पासको प्रक्रिया पूरा आग्रह गरिएको हो ।

अन्यथा, २०८१ साल चैत १२ गतेको नगर कार्यपालिकाको निर्णयअनुसार त्यस्ता भवनहरू अभिलेखिकरण नहुने चेतावनी दिइएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नक्सा पास नगरी भवन निर्माण गरेमा अधिकतम पाँच लाख रुपैयाँसम्म जरिवाना लाग्न सक्ने नगरपालिकाले जनाएको हो । त्यसैले नगरपालिकाले सम्पूर्ण नागरिकलाई कानुनको परिपालना गर्न आग्रह गरेको हो ।


प्रतिक्रिया दिनुहोस् ।