सिरहा, माघ १९ । नेपाल सरदार बातर समाज उत्थान केन्द्रका केन्द्रीय कार्यवाहक सभापति श्याम सरदारले जातीय संगठनलाई बलियो बनाउँदै जातीय जनसंख्याका आधारमा हरेक निकायमा समानुपातिक प्रतिनिधित्वको अधिकार सुनिश्चित गर्न संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शुक्रबार सरदार जातीय संगठनको संयुक्त पाँचौ सिरहा जिल्ला अधिवेशनमा सो कुरा बताउनु भएको हो ।
सिरहा जिल्लामा सम्पन्न पाँचौ जिल्ला अधिवेशनमा प्रमुख अतिथि रहेका नेपाल सरदार बातर समाज उत्थान केन्द्रका केन्द्रीय कार्यवाहक सभापति सरदारले जातीय समुदायको सशक्तीकरणका लागि एकताबद्ध प्रयास आवश्यक रहेको उल्लेख गरे।
कार्यवाहक सभापति सरदारले संगठनलाई व्यवस्थित, सशक्त र प्रभावकारी बनाउन नेतृत्वले दृढ इच्छाशक्ति देखाउनुपर्ने आवश्यकता औँल्याउँदै भने, हामीले संगठित भएर अघि बढे मात्र अधिकार सुनिश्चित गर्न सक्छौँ।
हाम्रो समुदायको जनसंख्याका आधारमा सरकारी तथा गैरसरकारी निकायमा समानुपातिक सहभागिता अनिवार्य हुनुपर्छ।

जिल्ला अधिवेशनमा सिरहा क्षेत्र नं. ४(ख)का प्रदेश सभा सदस्य तथा पूर्व शिक्षा राज्यमन्त्री माननीय रामबाबु यादव प्रमुख विशिष्ट अतिथि रहेका थिए। साथै, संगठनका केन्द्रीय उपाध्यक्ष दिनेश सरदार, केन्द्रीय सदस्यहरू मनिकलाल माझी, सखिचन माझी, लटु माझी, कुशेश्वर माझी, गौरिदेवी माझी, धनुषा जिल्ला सभापति रुदल माझी, महोत्तरी जिल्ला सभापति रामबरन सरदार लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम जिल्ला सभापति कारी माझीको अध्यक्षतामा सम्पन्न भएको थियो भने मधेस प्रदेश सभापति बौएलाल माझीले सञ्चालन गरेका थिए।
सो पाँचौ जिल्ला अधिवेशनबाट कुशेश्वर माझी (प्रचिलवा) अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा दल्लु माझी (भोक्राहा),सचिवमा शुभनारायण माझी (गधवा),सह(सचिवमा श्रावण माझी (खोरिया) र कोषाध्यक्षमा गौरिदेवी माझी (धनियापट्टि) रहेका छन ।

सो समितिको सदस्यहरूमा मागैन माझी, ज्ञानी माझी, रामसेबक माझी, आकाश देवी माझी, शिवजी माझी, अक्षय माझी, चन्दर माझी, भोगेन्द्र माझी, नन्दी माझी, जिबक्ष माझी, कारी माझी, रामलाल माझी, सगम माझी, रामब्रीक्ष माझी, हरि माझी, लिलादेवी माझी, शिवनारायण माझी, रामभक्त माझी, सोभित माझी, महेश माझी र सुरेश माझी रहेको हो ।