देवताल(बारा),१२ माघ । बाराको देवताल गाउँपालिकामा छुवाछूत अनुगमन समिति गठन कार्यक्रममा वृहत छलफलद्धारा देवताल गाउँपालिकाकी वडा नं.६ का वडा सदस्य रिना कुमारी रामको संयोजकत्वमा ९ सदस्यीय स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन भएको हो ।

शुक्रबार देवताल गाउँपालिकाका सभाहलमा युएसएआईडी नेपालको आर्थिक सहयोगमा द एसिया फाउन्डेसनले नेपालमा कार्यन्वयन गरेको र देवताल गाउँपालिकाको समन्वयमा दलित सरोकार मञ्च नेपाल सप्तरीको आयोजनमा युएसआईडी नागरिक समाज र सञ्चार परियोजना अन्तर्गत “दलित सशक्तिकरण ऐन २०७६ अनुरुप” उक्त जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन गरिएको हो ।
साे अबसरमा नव गठित समितिलाई सम्बोधन गर्दै देवताल गाउँपालिकाका अध्यक्ष उदय प्रसाद यादवले,भने दलित समुदायमा बालबालिका गुणस्तरीय शिक्षा र विकासको ठोस मार्फत अगाडी बढने बताएको हो ।
सो समितिमा सदस्यहरुमा देवताल गाउँपालिकामाबाट मनोनित दलित अधिकारकर्मीबाट सुनिता देवी राम र उपेन्द्र पासवान,राजनैतिक दलबाट नागरिक उन्मुक्ति पार्टीबाट पार्वती राम ,एमालेबाट रामपुजन राम ,काँग्रेसबाट प्रयाग राम,जसपा नेपालबाट राम विश्वास पासवान,लोसपाबाट मन्सी पासवान र देवताल गाउँपालिकाका सामाजिक शाखाका शाखा अधिकृत ललन कुमार पटेल रहेका छन ।
उक्त छुवाछूत अनुगमन समिति गठन कार्यक्रमको देवताल गाउँपालिकाका अध्यक्ष उदय प्रसाद यादवको अध्यक्षाता र परियोजनाकी कार्यक्रम अधिकृत अनुराधा दाहालले परियोजनाको उदेश्य, समग्र परियोजनाको गतिविधि बारेमा सहजिकरण गरिएको हो । साे कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य सिकेन्द्र पासवानसमेत उपस्थिती रहेकाे थियाैं ।
सो अबसरमा छुवाछूत अनुगमन समिति गठन कार्यक्रमममा सहभागिहरुले दलित समुदायको विकास तथा उत्थानका लागि जातीय विभेद तथा छुवाछूत अनुगमन समितिलाई प्रभावकारी तबरले अगाडी बढाउने,सहयोग एवम् समग्र कार्यान्व्यनको बिषयमा सहकार्य गरेर अगाडी बढने बताए ।
Loading items...
Loading posts...
Loading products...
Loading ad spaces...