img

द-सहारा-लोन सेविंग्स को अपरेटिभ साेसाईटी लिमिटेड सेवा केन्द्र कञ्चनपुरकाे २८ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न


कञ्चनपुर(सप्तरी),९ पुस । द-सहारा-लोन सेविंग्स को अपरेटिभ साेसाईटी लिमिटेड सेवा केन्द्र कञ्चनपुरको २८ औं वार्षिक साधारणासभ भव्यताका साथ कञ्चनपुरमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता जेष्ठ शेयर सदस्य महेन्द्र साहले गर्नुभएको थियो भने प्रमुख अतिथिको केन्द्रीय सञ्चालक सदस्य राजकुमार साहको उपस्थितिमा सभा विशेष रूपमा संस्थाको प्रगतिहरूको समीक्षा, आगामी आर्थिक वर्षका योजना, तथा शेयर सदस्यहरूका लागि नयाँ नीतिहरू र कार्यक्रमहरूको प्रस्तावनामा केन्द्रित रहेको हाे ।

साे २८ आै साधारणसभामा आर्थिक वर्ष २०८०/८१ मा संस्थाले गरेको वित्तीय प्रगति, शेयर सदस्यहरूको संख्यामा वृद्धि, र सेवा विस्तारको विवरण प्रस्तुत,ग्रामीण क्षेत्रका सदस्यहरूका लागि नयाँ प्रकारका ऋण योजनाहरू ल्याउने प्रस्ताव प्रस्तुत गरियो।

साथै, डिजिटल माध्यमबाट वित्तीय सेवाहरूलाई अझ सहज बनाउने योजनाहरु सार्वजनिक,साधारण सभामा ठूलो संख्यामा शेयर सदस्यहरूको उपस्थिति रहेको थियो। उनीहरूले संस्थाको हालका गतिविधिहरूप्रति सन्तोष व्यक्त गर्दै थप सुझावहरू राखेका थिए।
२८ औं वार्षिक साधारणासभामा प्रमुख अतिथि राजकुमार साहले संस्थाको २८ वर्षे यात्रा प्रशंसनीय रहेको बताउँदै यसलाई अझ बलियो र प्रभावकारी बनाउन सबै शेयर सदस्यहरू, कर्मचारीहरू, र व्यवस्थापनलाई एकजुट भएर अगाडि बढ्न आह्वान गर्नु भएको हाे ।
साे साधारणसभामा द-सहारा-लोन सेविंग्स को अपरेटिभ साेसाईटी लिमिटेड सेवा केन्द्र कञ्चनपुरका प्रमुख पंकज यादवले भने,संस्थाको विकास, शेयर सदस्यहरूको हित र स्थानीय अर्थतन्त्र हुने अपेक्षा गरिएको हाे।
साे कार्यक्रममा शेयर सदस्यहरूका लागि विशेष सम्मान कार्यक्रम पनि आयोजना गरिएको थियो। सभाले महत्वपूर्ण निर्णयहरू पारित गर्दै संस्थाको भावी यात्रा अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनायो।


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780