कञ्चनपुर,३० मंसिर । राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परविनले मुस्लिम महिलाको सशक्तीकरणका लागि उच्च शिक्षा र लघु उद्यम विकासमा सहभागिता बढाउनुपर्ने आवश्यकता औँल्याएकी छिन् ।
आइतबार इन्टरनेसनल आइडियाको सहयोगमा दलित सरोकार मञ्च नेपाल सप्तरीकाे सहकार्यमा आयोजित सिरहा र सप्तरीका मुस्लिम समुदायका अगुवाहरूको सहभागितामा कञ्चनरुपमा दुईदिने संवाद सम्पन्न कार्यक्रममा साे कुरा बताइन्।
राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख परविनले मुस्लिम समुदायका महिलाहरूलाई शैक्षिक र आर्थिक रूपमा सक्षम बनाउन शिक्षा र उद्यमशीलतामा जोड दिनुपर्ने बताइन्।
“मुस्लिम महिलाहरूको सशक्तीकरणका लागि उनीहरूको शिक्षामा पहुँच वृद्धि र लघु उद्यममार्फत आत्मनिर्भरता विकास गर्नु अहिलेको आवश्यकता हो,” परविनले भनिन्।
साे कार्यक्रममा कार्यवाहक नगर प्रमुख परविनले स्थानीय सरकारले मुस्लिम महिलाहरूको लागि लक्षित कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन्। “समाजको प्रत्येक वर्गलाई सशक्त बनाउनु हाम्रो जिम्मेवारी हो। नगरपालिकाले शिक्षादेखि उद्यमशीलता प्रवर्द्धनसम्मका कार्यक्रममार्फत सहयोग गर्नेछ,” उनले भनिन्।
साे कार्यक्रममा दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासवानले कार्यक्रममा प्रस्तुत गरेका तथ्यांकले मुस्लिम समुदायको सरकारी निकायमा न्यून उपस्थिति उजागर गर्यो। २०७८ को जनगणना अनुसार नेपालमा मुस्लिम समुदायको जनसंख्या ४.८६% भए पनि निजामती सेवामा ३१४, जनपद प्रहरीमा ३२१, र सशस्त्र प्रहरीमा १६५ जना मात्र मुस्लिम कर्मचारी छन्। प्रतिनिधिसभा र प्रदेश सभामा पनि समुदायको प्रतिनिधित्व जनसंख्याको अनुपातमा निकै कम रहेको उनले बताए।
साे कार्यक्रममा समाजका विविध क्षेत्रहरूमा पछाडि परेको मुस्लिम समुदायलाई अगाडि बढाउन शिक्षा, रोजगारी, र सामाजिक सुधारमा सहकार्य आवश्यक रहेको निष्कर्ष कार्यक्रमले निकालेको छ। सरकार, सरोकारवाला निकाय, र समुदायले एकीकृत प्रयासमार्फत समस्याको समाधान गर्नुपर्ने सुझाव सहभागीहरूले दिएका छन्।
कार्यक्रममा सहभागीहरूले “मदरसा शिक्षा र आधुनिक शिक्षा प्रणालीलाई एकीकृत गर्दै पाठ्यक्रम सुधार गर्नुपर्ने आवश्यकता औंल्याए”।
मदरसा बोर्ड गठन गरी भौतिक पूर्वाधार र शिक्षण दरबन्दी सुधार गर्नुपर्नेमा विशेष जोड दिइएको थियो। महिला मदरसामा समान शिक्षा लागू गर्दै महिलालाई धार्मिक तथा आधुनिक शिक्षामा सहभागी गराउनुपर्ने धारणा राखियो। साथै, मुस्लिम विश्वविद्यालय स्थापनाका लागि प्रयास गर्नुपर्ने माग पनि उठाइएको छ।
मुस्लिम समुदायका महिला सशक्तीकरणका लागि सहभागीहरूले उच्च शिक्षा र लघु उद्यम विकासमा महिलाको सहभागिता बढाउनुपर्ने सुझाव दिए। महिला हिंसा, बालविवाह, तलाक, र दाइजो प्रथाविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सबैको सहमति थियो।
Loading items...
Loading posts...
Loading products...
Loading ad spaces...