img

सप्तरी प्रशासनको विशेष आग्रह : चाडपर्वमा शान्ति, सुरक्षा, र अनुशासनमा जोड

जिल्ला प्रशासन कार्यालय, सप्तरी

अपूर्व न्यूज समाचरदाता ।
राजविराज, १५ कार्तिक  । जिल्ला प्रशासन कार्यालय, सप्तरीले तिहार, छठ, र नेपाल सम्बत ११४५ का अवसरमा सम्पूर्ण जिल्लावासीलाई हार्दिक शुभकामना व्यक्त गर्दै चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित, र अनुशासनयुक्त तरिकाले मनाउन विशेष आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय, सप्तरीले चाडपर्वको अबसरमा जारी गरिएको शुभकामना संदेश ।

जिल्ला प्रशासन कार्यालय, सप्तरीले चाडपर्वको अबसरमा जारी गरिएको शुभकामना संदेश ।

प्रशासकीय अधिकृत जितेन्द्र पासवानले जारी गरेको सूचनामा विशेष गरी भीडभाड, मादक पदार्थको दुरुपयोग, र अशान्ति फैलाउने गतिविधिहरूलाई नियन्त्रण गर्न प्रशासनले विशेष सतर्कता अपनाएको जानकारी गराइएको छ।
प्रशासनले यस चाडपर्वको अवसरलाई सामाजिक सद्भाव र परम्परागत एकताको प्रतिक बनाउन जोड दिँदै सबै नागरिकलाई चाडपर्वका समयमा जिम्मेवारीपूर्वक सहभागिता जनाउन अपिल गरेको छ।

देउसी–भैलो तथा अन्य सांस्कृतिक कार्यक्रमहरू राति १० बजेपछि नगर्न निर्देशन दिँदै, प्रशासनले मादक पदार्थ सेवन, जुवा, भिडभाड, र अस्वास्थ्यकर खाद्य वस्तुहरूका बिक्रीमा विशेष ध्यान दिन आग्रह गरेको छ।

साथै, प्लास्टिकजन्य फूलमालाको बिक्री वितरणमा पनि प्रतिबन्ध लगाइएको छ। प्रशासकीय अधिकृत पासवानले भने, ूशान्ति, सहकार्य र परम्पराको पालना गर्दै चाडपर्व मनाऔं, जसले जिल्लाको शान्ति र सुरक्षा कायम राख्न सहयोग पुर्‍याउँछ।ू उहाँले थप रूपमा प्रशासनको प्रमुख प्राथमिकता शान्तिपूर्ण माहोल बनाउनु रहेको उल्लेख गर्दै जनतालाई सुरक्षा कायम गर्न प्रशासनलाई सहयोग गर्न आग्रह गरे।
प्रशासनले सबैसँग सहकार्यको अपेक्षा गर्दै चाडपर्वमा नियम, अनुशासन र सांस्कृतिक एकतालाई निरन्तरता दिन कडा रुपमा लाग्ने प्रतिज्ञा जनाएको छ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

मिति २०८१।०७।१९ गते दिउँसो १ बजे श्री क.न.मा.वि. रायपुर स्कूलबाट SLC पास गरेको भु.पु. विद्यार्थीहरुको भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम रहेकोले तपाईको उपस्थितीका लागि आमन्त्रणका साथै नजिकको साथिहरुलाई जानकारी गराउनुहुन अनुरोध छ । उमेश कुमार यादव 9804752133