img

कञ्चनरुप नगरपालिकाले वैदेशिक रोजगारको प्रलोभनमा ठगी,पिडित परिवारलाई दुई लाख फिर्ता


अपूर्व न्यूज समाचारदाता
कञ्चनपुर,११ कार्तिक । वैदेशिक रोजगारीको प्रलोभनमा पारेर दुई लाख रुपैयाँ ठगी गरेको रकम कञ्चनरुप नगरपालिकाका सामी परियाेजनाले फिर्ता गराएको हाे ।

आइतबार कञ्चनरुप नगरपालिका–१ वडा सदस्य चम्पा देवी सरदारका छोरा सम्भु सरदार ठगीको शिकार भएका थिए ।
सुनसरी जिल्लाको रामधुनी नगरपालिकाका एक एजेन्टले वैदेशिक रोजगारको व्यवस्था गरिदिने भन्दै सम्भु सरदारसँग दुई लाख रुपैयाँ असुलेका थिए। तर, रकम लिएर पनि रोजगारीमा नपठाएपछि सरदार परिवारले ठगीको विरोध गरेका थिए।

समी टिमको पहलमा कञ्चनरुप नगरपालिकाले यस घटनालाई अनुसन्धान गर्दै पीडित चम्पा देवी सरदारलाई ठगिएको रकम कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताकाे उपस्थितिमा साे दुई लाख रुपैयाँ फिर्ता गराउन सफल भएको हाे । यस कदमले ठगीको शिकार भएका अन्य पीडितहरूलाई न्यायको खोजीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780