img

“पैसा भन्दा जीवन महत्त्वपूर्ण, स्वास्थ्य विमाले विपन्न परिवारलाइ जीवन सुरक्षामा योगदान” ः नगर प्रमुख गुप्ता

कञ्चनरुप नगरपालिका ललन प्रसाद गुप्ताले कञ्चनरूप नगरपालिका वडा नंंं ८ का विपन्न,दलित परिवारहरूलाई स्वास्थ्य विमा कार्ड वितरण गर्दै ।

अपूर्व न्यूज सामाचारदाता ।
कञ्चनपुर, कार्तिक ९ गते । कञ्चनरुप नगरपालिका ललन प्रसाद गुप्ताले नगर क्षेत्रका विपन्न र दलित परिवारहरूलाई स्वास्थ्य सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले निशुल्क स्वास्थ्य विमा कार्ड वितरण कार्यक्रम सुरु गरेको हाे ।
शुक्रवार वडा नं. ८ स्थित वडा स्तरीय विपन्न,दलित परिवारको लागि निशुल्क स्वास्थ्य विमा कार्ड वितरण कार्यक्रममा विपन्न,दलित परिवारलाई लक्षित गर्दै स्वास्थ्य विमा कार्ड वितरणको औपचारिक शुरुआत गरेको हो ।

कञ्चनरूप नगरपालिका वडा नंंं ८ का विपन्न,महिला तथा दलित परिवारहरुको स्वास्थ्य विमा कार्ड लागि उपस्थित ।
कञ्चनरूप नगरपालिका वडा नंंं ८ का विपन्न,महिला तथा दलित परिवारहरुको स्वास्थ्य विमा कार्ड लागि उपस्थित ।

नगर प्रमुख गुप्ताले विमा कार्ड वितरण कार्यक्रममा भने्,“ज्यान रहे अनि मात्र पैसा,पैसा भन्दा जीवन र स्वास्थ्य महत्त्वपूर्ण बताउदैं दलित,विपन्न परिवारहरूलाई विमा योजना उपलब्ध गराउनु स्वास्थ्य सुरक्षाको महत्त्वपूर्ण रहेको बताए ।“ कार्यक्रमको उदेश्य, विमा कार्डको लाभदायीता, र यसले विपन्न समुदायलाई कसरी स्वास्थ्य संकटमा सहारा दिन्छ भन्नेमा उनले जोड दिएको हो ।
सो स्वास्थ्य विमा कार्डले आर्थिक रूपमा कमजोर परिवारहरूलाई स्वास्थ्य उपचारमा विशेष सहयोग पु¥याउनेछ र यसले नगरभित्रको स्वास्थ्य सुरक्षाको अवस्था सुधार गर्न मद्दत पुग्ने विश्वास नगर प्रमुख गुप्ताले व्यक्त गरेको हो ।

कञ्चनरूप नगरपालिका वडा नंंं ८ का अध्यक्ष कृष्णा प्रसाद साहले विपन्न,दलित परिवारहरुको स्वास्थ्य विमा कार्ड वितरण कार्यक्रममा आपनो सान्दर्भिक धारण राख्दै ।
कञ्चनरूप नगरपालिका वडा नंंं ८ का अध्यक्ष कृष्णा प्रसाद साहले विपन्न,दलित परिवारहरुको स्वास्थ्य विमा कार्ड वितरण कार्यक्रममा आपनो सान्दर्भिक धारण राख्दै ।

कार्यक्रममा कञ्चनरुप नगरपालिकाका उप प्रमुख मुना कुमारी पोखरेलले स्वास्थ्य विमा कार्डको सदुपयोग गर्नका लागि महत्त्वलाई जोड दिइन् । “विपन्न र दलित समुदायलाई स्वास्थ्य विमा आवश्यक छ, र बिरामी परेको अवस्थामा सही सदुपयोग गरेर आर्थिक राहत पाउनुपर्छ,“ उप प्रमुख पोखरेलले भनिन् । उनले थपिन्, “ विमा कार्डले विपन्न परिवारलाई स्वास्थ्य सुविधा र उपचारको पहुँचमा ठूलो फाइदा पुर्याउनेहुने बताईन् ।“
उक्त वडा नं. ८ का अध्यक्ष कृष्णा प्रसाद साहले वडा स्तरीय विपन्न,दलित परिवारको लागि स्वास्थ्य विमा वितरण कार्यक्रममा भने,–“ कञ्चनरुप वडा नं.८ अन्र्तगत विपन्न,दलित परिवारलाई निशुल्क स्वास्थ्य विमा कार्ड वितरण १ सय घरधुरीलाई स्वास्थ्य सुरक्षामा सहयोग पुर्याउनेछ,”उनले थपे, “ विमा कार्ड एक वर्षसम्म मान्य रहनेछ र बिरामी परेमा स्वास्थ्य उपचारमा सहयोग गर्नेछ।”
सो विपन्न,दलित परिवारको लागि निशुल्क स्वास्थ्य विमा कार्ड वितरण कार्यक्रममा कञ्चनरुप नगरपालिका वडा नं.८ का वडा सदस्य महाविर मण्डल,मञ्जु सरबरिया,यमुना खड्का र विमा अभिकर्ता किसन गुप्ताको समेत उपस्थिती रहेका थिए ।

विपन्न परिवारहरूलाई स्वास्थ्य सुरक्षा अन्तर्गत समेट्ने प्रयास

कञ्चनरुप नगरपालिकाले दलित तथा विपन्न परिवारलाई निशुल्क स्वास्थ्य विमा कार्ड उपलब्ध गराउने कार्यलाई विशेष महत्त्व दिएको छ । नगरपालिकाले आगामी वर्ष पनि यो कार्यलाई निरन्तरता दिँदै, थप परिवारलाई स्वास्थ्य सुरक्षामा समेट्ने योजना बनाएको छ ।

सार्वजनिक स्वास्थ्यमा नगरपालिकाको योगदान

यस स्वास्थ्य विमा कार्ड वितरण कार्यक्रमले कञ्चनरुप नगरपालिकामा स्वास्थ्यको क्षेत्रमा एउटा नयाँ सुरुवात गरेको छ । नगर प्रमुख गुप्ताले स्वास्थ्य सुरक्षामा नागरिकलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यसखाले कार्यक्रमलाई नगरभित्र सबै समुदायसम्म पु¥याउने योजना रहेको जानकारी दिए ।
नगरवासीहरूले विमा कार्डका माध्यमबाट स्वास्थ्य उपचारमा ठूलो लाभ लिने विश्वास गरिरहेको नगरपालिकाले यसले समाजमा समतामूलक स्वास्थ्य सेवा स्थापना गर्न योगदान पुर्याउने अपेक्षा राखेको छ ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।