img

सामाजिक विभाजनलाई हटाउन सबै समुदायका व्यक्तिहरूलाई आत्मसम्मानसहितको जीवनयापन गर्न सशक्त बनाउन महत्वपूर्ण कदम ः नगर प्रमुख गुप्ता

कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्तासहित संयुक्त रुपमा कञ्चनरुपका स्थानीय जातिय विभेद तथा छुवाछूत अनुगमन समितिका संयोजक जोगेन्द्र पासवानलाई पत्र हस्तान्तरण गर्दै ।

अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर,(सप्तरी) कार्तिक ९ गते । कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले,– कानून सामाजिक विभाजनलाई हटाउन र सबै समुदायका व्यक्तिहरूलाई आत्मसम्मानसहितको जीवनयापन गर्न सशक्त बनाउनका लागि महत्वपूर्ण कदम हो ।
बिहिबार कञ्चनरुप नगरपालिकाको सभाहलमा युएसएआईडी नेपालको आर्थिक सहयोगमा द एसिया फाउन्डेसनले कार्यन्वयन गरेको युएसएआईडी नागरिक समाज र सञ्चार परियोजना तथा दलित सरोकार मञ्च नेपाल सप्तरीको आयोजना एवं कञ्चनरुप नगरपालिकाको सहकार्यमा “दलित सशक्तिकरण ऐन २०७६ अनुरुप” सो स्थानीय तहमा हुने जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन कार्यक्रममा सो कुरा बताएको हो ।

कञ्चनरुपका नव गठित स्थानीय जातिय विभेद तथा छुवाछूत अनुगमन समितिका पदाधिकारीसँग नगर प्रमुख,उपप्रमुख,प्रबक्तासहित अतिथिगणहरु सामुहिक बधाई तथा शुभकामना दिदैं ।
कञ्चनरुपका नव गठित स्थानीय जातिय विभेद तथा छुवाछूत अनुगमन समितिका पदाधिकारीसँग नगर प्रमुख,उपप्रमुख,प्रबक्तासहित अतिथिगणहरु सामुहिक बधाई तथा शुभकामना दिदैं ।

नगर प्रमुख गुप्ताले,–का अनुसार,मधेश प्रदेश सरकारले छुवाछूत तथा भेदभावको अन्त्य गर्न मधेस प्रदेशले २०७६ सालमा कानून बनाएको हो । कानूनले अधिकारका लागि लड्नुपर्ने परिपाटीलाई परिवर्तन गर्न मद्दत पु¥याउनेछ ।

समितिको गठन सकारात्मक सोचका आधार बनाएर अधिकार र समानताको लागि संघर्ष गर्दै आएका दलित समुदायहरूलाई सशक्त बनाइनेछ । तर, कानून बनेर मात्र पर्याप्त छैन, यसलाई कार्यान्वयन प्रभावकारी ढंगले गर्नुपर्ने आवश्यकता रहेका छन ।

सो समिति गठन कार्यक्रममा उप नगर प्रमुख मुना कुमारी पोखरेलले सम्पूर्ण कञ्चनरुप नगरपालिकामा नव गठित जातीय विभेद तथा छुवाछूत अनुगमन समितिका पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गरिन् । पोखरेलले दलित समुदायको हक र अधिकार संरक्षणका लागि समिति प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताइन् । उने भनीन् २०७५ सालमा बनाइएको कानुनलाई २०७६ सालमा लागू गरिएको र त्यसको सही कार्यान्वयनको आवश्यकता रहेको जनाइन्।
स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समितिको संयोजकमा कञ्चनरुप नगरपालिका वार्ड नं ४ का जोगेन्द्र पासमान चयन भएका छन् । उक्त समितिको सदस्यहरुमा कार्यपालिका सदस्य मन्जु देवी खंग, चन्द्रिका देवी खंग, शोभा पासमान, रन्जु कुमारी सरदार, नेपाली कांग्रेसका मंगले दमाई, नेकपा एमालेका संजय पासमान, नेकपा माओवादीका कुलेश्वर सरदार, जसपा पार्टीका जिवछ सरदार, जनमत पार्टीका फनिन्द्र सरदार, लाेसपा पार्टीका श्रवण कुमार राम र कञ्चनरुप नगरपालिका सामाजिक शाखा अधिकृत शुशिला चौधरी रहेका छन ।
दलित सरोकार मञ्च नेपाल सप्तरीका टिम लिडर तथा सञ्चारकर्मी राजकुमार पासवानले छुवाछूत अनुगमन समिति गठन कार्यक्रमको उद्देश्य र समितिका काम तथा कर्तव्यहरूको बारेमा विस्तृत प्रस्तुतीकरण गर्नु भएको हो ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780