img

सिरहाकाे नरहा गाउँपालिका १ स्थित मुसहरवस्तीमा लगाइएको नाकाबन्दी तथा तारबार एक हप्तापछि हटाइयो

सिरहाकाे नरहा गाउँपािलकामा राष्ट्रिय दलित आयोग,राष्ट्रिय मानव अधिकार आयोग,अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तथा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु पीडित मुसहर समुदायसँग नाकाबन्दीबारे छलफल गर्दै।

अपूर्व न्यूज समाचारदाता ।
नरहा (सिरहा) १५ असोज । नरहा गाउँपालिका–१ गौराहा टोलमा रहेको मुसहर दलित बस्तीमा लगाइएको नाकाबन्दी तथा तारबार एक हप्तापछि समेमबार हटाइएको छ ।

राष्ट्रिय दलित आयोग,राष्ट्रिय मानव अधिकार आयोग,अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तथा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु एक टोलीले लगाएको नाकाबन्दी मुसहर बस्तीमा स्थलगत निरिक्षण गर्दै ।
सिरहाकाे नरहा गाउँपालिका–१ गौराहामा राष्ट्रिय दलित आयोग,राष्ट्रिय मानव अधिकार आयोग,अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तथा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु एक टोलीले लगाएको नाकाबन्दी मुसहर बस्तीमा स्थलगत निरिक्षण गर्दै ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय प्रमुख वुद्धनारायण सहनी, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक राजु पासवान,दलित कार्यपालिका सदस्यहरुको सञ्जाल धनुषाका अध्यक्ष राजेश पासवान,दलित नेतृत्वको नागरिक समाज सिरहाका सञ्जालका पदाधिकारीलगायतको टोली असोज १४ गते घटना स्थलमा पुगेपछि जग्गा धनी सोही गाउँपालिका–२ का रामचलितर यादवको परिवारले बाटोमा लगाई तारबार हटाएको हो ।

मुसहर बस्तीका पीडित उचित सदाका अनुसार नरहा गाउँपालिका–२ का रामचलितर यादवको जग्गा हाम्रो टोल नजिक छ, हामी मजदुरी गरेर छाक टार्छौँ, उहाँको खेतमा मजदुरी गर्दा ज्याला कम दिने र अरुको खेतमा मजदुरी गर्न जाँदा ज्याला बढी पाउने गरेको बताउनु भयो ।

छिमेकी भएकोले कम ज्याला दिएपनि काम गरेकै थियौँ तर एक दिन अरुको खेतमा काम गर्न गएको निहुँमा साबिक हिडने आलिको बाटोमा ०८१ असोज ६ गते रामचलितर यादवको छोराले हाम्रो खेतबाट आवत जावत नगर्न र आवत जावत गरे कुटपिट गर्ने भन्दै नानाथरीका गालिगलौज, धाकधम्की दिँदै साबिक देखि हिड्ने बाटोमा काडा, बाँसको भाटाले तारबार लगाएर नाकाबन्दी गरेको बताउनु भयो ।
जग्गा धनी महेश यादवले हाम्रो खेतमा मुसहर समुदायका व्यक्तिहरुले दीशा गरेर फोहर फ्यालेर खेती गर्न अफ्ठ्यारो बनाएको बताए । हामीले दिएको ज्यालामा काम पनि नगर्ने र हाम्रै खेतमा फोहर पनि गर्ने गरेकोले आफ्नो खेतमा जान नदिने गरी घेराबेरा गरेको र उनीहरुमा सुधार नआए पुनः घेरबेरा गर्ने जानकारी दिएका छन ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जनताको सुरक्षा गर्ने जिम्मेवारी स्थानीय सरकार र प्रहरी प्रशासनको भएको बताउनु भयो । खेतको आली र बाटो लगायतका सार्वजनिक बाटोहरु कसैँको व्यक्तिगत सम्पत्ति नभएकोले कसैलाई पनि स्वतन्त्ररुपमा हिडडुल गर्नबाट रोक लगाउनु र दलित गरिब भएकै कारण भेदभाव र थिचोमिचो गर्नु भनेको मानव अधिकार हनन् गर्नु भएको बताउनु भयो । इलाका प्रहरी कार्यालय नरहाका सइलाई तत्काल घेराबेरा हटाउन र मुसहर वस्तीका व्यक्तिहरुको शान्ति सुरक्षा गर्न दलित आयोगका अध्यक्ष विश्वकर्माले निर्देशन दिएकाे हाे ।
राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयका प्रमुख बुद्ध नारायण सहनीले खेत व्यक्तिगत भएपनि खेतको आली बाटो कसैले हिड्न रोक लगाउन नपाउने बताउनु भयो । स्थानीय समुदायलाई आफ्नो सरसफाई र स्वास्थ्यलाई पनि ध्यानमा राखेर खुलामा शौचालय गर्नु भन्दा शौचालयको व्यवस्था गर्न र सोही वडाका वडा अध्यक्ष अशोक महतोलाई सार्वजनिक शौचालय व्यवस्था गर्न आग्रह गर्नु भएको हाे ।
वडा अध्यक्ष महतोले यसै आर्थिक वर्षमा मुसहर वस्तीमा सार्वजनिक शौचालय बनाउने प्रतिबद्धता व्यक्ति गर्नु भएको थियो ।
इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानले कसैले पनि सार्वजनिक बाटोमा हिड्डुल गर्नबाट रोक लगाउन नहुने उल्लेख गर्नु हुँदै मुसहर दलित वस्तीमा लगाइएको घेराबेरा गर्ने कार्य मानव अधिकार विपरितको कार्य भएको बताउनु भयो । यस्तो कार्य गरे कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायसँग उहाँले माग गर्नु भयो ।
यसैगरी संयुक्त अनुगमन टोलीले जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितसँग भेटघाट गरी घटनाको बारेमा जानकारी लिनु भएको थियो । भेटघाटको क्रममा एसपी पण्डितका अनुसार जिल्ला प्रहरी कार्यालयमा असोज १३ गते ठाडो उजुरी लिएर मुसहर बस्तीका व्यक्ति आउनु भएको थियो । जग्गा, साँध र सीमानाको घटना भएकोले स्थानीय तहमा रहेको न्यायिक समितिमा जान भनेर उहाँहरुलाई पठाइएको र अन्य शान्ति सुरक्षाको लागि स्थानीय प्रहरी चौकीलाई निर्देशन दिएको बताउनु भयो ।
मुसहर बस्तीका व्यक्तिलाई आवतजावत गर्न बाटो नै अबरुद्ध गर्ने गरी खेतको आलीमा तारबारले घेरा गरेको घटना सार्वजनिक भएपछि मानव अधिकारकर्मीको टोलीले घटनास्थलमा पुगी घटनाको अनुगमन गर्नुका साथै पीडित परिवार, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, जग्गा धनी र स्थानीयसँग भेटि घटनाका बारेमा जानकारी लिएका छन् ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780