img

छुवाछुत अनुगमन समितिले दलित समुदायको उत्थानमा प्रभावकारी भुमिका निर्वाह गर्ने ः अध्यक्ष यादव

महोत्तरी पिपरा गाउँपालिकाका अध्यक्ष जानकी राम यादवले नव गठित जातीय तथा छुवाछूत अनुगमन समितिका संयोजक एवम् पिपरा गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष राजेश कुमार दासलाईनिर्णय पुस्तिका हस्तान्तरण गर्दै ।

पिपरा(महोत्तरी) १४ असोज । महोत्तरी पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले भने,– पिपरा गाउँपालिकामा गठित स्थानीय जातिय विभेद तथा अनुगमन छुवाछुत समितिले दलित समुदायको उत्थानमा प्रभावकारी भुमिका निर्वाह गर्ने बताए ।

पिपरा गाउँपालिकामा स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन कार्यक्रममा सहभागिहरु पदाधिकारीहरु तथा अथितिगण ।
पिपरा गाउँपालिकामा स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन कार्यक्रममा सहभागिहरु पदाधिकारीहरु तथा अथितिगण ।

सोमबार पिपरा गाउँपालिकाको सभाहलमा युएसएआईडी नेपालको आर्थिक सहयोगमा द एसिया फाउन्डेसनले कार्यन्वयन गरेको युएसएआईडी नागरिक समाज र सञ्चार परियोजना तथा दलित सरोकार मञ्च नेपाल सप्तरीको आयोजना अन्तर्गत “दलित सशक्तिकरण ऐन २०७६ अनुरुप”स्थानीय तहमा हुने जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन कार्यक्रममा सो कुरा बताएको हो ।

सो कार्यक्रममा अध्यक्ष यादवले,–भने आगामी दिनहरूमा समितिले दलितहरूको हक र अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । अध्यक्ष यादवले थपे,–समितिलाई विभिन्न कार्यक्रम तथा दलित समुदायलाई विकास उत्थान कार्यक्रमहरुका लागि दश लाख रुपैयाँको विनियोजन गर्ने बताएको हो ।

सो छुवाछूत अनुगमन समिति गठन कार्यक्रममा वृहत छलफलद्धारा पिपरा गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष राजेश कुमार दासको संयोजकत्वमा १५ सदस्यीय स्थानीय तहमा हुने जातीय तथा छुवाछूत अनुगमन समिति गठन भएको हो ।

दलित सरोकार मञ्च नेपाल सप्तरीका कार्यक्रम अधिकृत अजेन्द्र कुमार दासले समिति गठन कार्यक्रम तथा परियोजनाको उदेश्यबारे आपनो धारणा राख्दैं ।
दलित सरोकार मञ्च नेपाल सप्तरीका कार्यक्रम अधिकृत अजेन्द्र कुमार दासले समिति गठन कार्यक्रम तथा परियोजनाको उदेश्यबारे आपनो धारणा राख्दैं ।

सो समितिमा सदस्यहरुमा पिपरा गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष विदेही पासवान, दलित कार्यपालिका सदस्य लिलम मण्डल,शोभा देवी,रिता देवी महरा,रामसखी देवी,दलित अधिकारकर्मी गुरुशरण पासवान र अनिता देवी खत्वे, राजनैतिक दलबाट संतोष कुमार पासवान, राजकली देवी सदा,रामप्रताप पासवान,रामनाथ पासवान,रामजानकी पासवान रौदी पासवान र पिपरा गाउँपालिकाका सामाजिक विकाश शाखा अधिकृत राजिब कुमार झा रहेका छन ।
उक्त समिति गठन कार्यक्रममा पिपरा गाउँपालिकाका जनप्रतिनिधि,दलित अधिकारकर्मी तथा राजनैतिक दलका दलित प्रतिनिधिहरु लगायतका वक्ताहरुले दलित समुदायको हक अधिकारको संरक्षण, विकास, र उत्थानका लागि विभिन्न उपायहरु आगाडी सारेको छ ।

सो समिति गठन कार्यक्रममा दलित सरोकार मञ्च नेपाल सप्तरीका कार्यक्रम अधिकृत अजेन्द्र कुमार दासले समिति गठन कार्यक्रम तथा परियोजनाको उदेश्यबारे प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा राष्ट्रिय दलित पत्रकार महासंघ धनुषा अध्यक्ष कुलदीप दाससमेतको उपस्थितीमा उक्त समिति गठन भएको हो ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780