अपूर्व न्यूज सामाचारदाता
काठमाण्डौं, २ भाद्र । मेयर बालेन शाह र उपमेयर सुनिता डंगोललाई सामाजिक, पारिवारिक तथा राजनैतिक चरित्र हत्या गर्ने लक्षित गरी नक्कली भिडिओे बनाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले आज जारी प्रेस विज्ञप्ती
पक्राउ पर्नेमा बाजुराका २२ वर्षीय रमेशबहादुर रावत छन् । उनलाई प्रहरीको साइबर ब्यूरोले सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो ।
केही दिन अगाडि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोललाई जोडेर बनाइएको एआई भिडिओ भाइरल भएको थियो । त्यसविरुद्ध डंगोलले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् ।
पक्राउ परेका रावतलाई (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको सहयोगमा शुक्रबार सिन्धुपाल्चोकबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत काठमाडौंले ५ (पाँच दिन ) म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका उप–निर्देशक तथा प्रवक्ता एवम् सूचना अधिकारी दिपक राज अवस्थीले आज(आइतबार) प्रेस विज्ञप्ती जारी गरेकाे हाे ।