img

सप्तरीका दलित अधिकारकर्मीद्धारा बिशेष कार्यक्रम गरी मधेश प्रदेश सरकारका दलित समुदायका दुई राज्यमन्त्रीलाई सम्मान


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर,२७ साउन । सप्तरीको राजविराज स्थित जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा दलित अधिकारकर्मीहरुले एक बिशेष कार्यक्रम आयोजना गरी मधेश प्रदेश सरकारका दलित समुदायका दुई जना राज्यमन्त्रीलाई सम्मान गरिएको हो ।

जिल्ला स्त्तरीय दलित अगुवा भेलामा सप्तरीका दलित अगुवा तथा दलित अधिकारकर्मीहरु वृहत उपस्थित ।

शनिबार जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा दलित सरोकार मञ्च नेपालको सहकार्य एवं संयुक्त राजनीतिक दलित संघर्ष समिति सप्तरीको आयोजनामा जिल्ला स्त्तरीय दलित अगुवा भेलामा मधेश प्रदेश सरकारको उर्जा, सिचाई तथा खानेपानी राज्य मन्त्री निलम कुमारी रजक र बन तथा बातावरण राज्य मन्त्री रंजु कुमारी खंगलाई सम्मान गरिएको थियो ।
उक्त जिल्ला स्त्तरीय दलित अगुवा भेलाले भुवनेश्वर साफीको संयोजकत्वमा ४१ सदस्य संयुक्त राजनीतिक दलित संघर्ष समिति सप्तरी पुर्नगठन भएको छ ।

जिल्ला स्त्तरीय दलित अगुवा भेलाललाई सम्बोधन गर्दै राज्य मन्त्रीद्वय रजक र खंगले दलित समुदायको अधिकार सुनिश्चिता र दलित सशक्तिकरण ऐन कार्यान्व्यनका लागि आफुहरुले पहल गर्ने प्रतिबद्धता जनाएकी थिईन । ‘दलित समुदायहरु एकता बद्ध भएर साथ दिएमा हामी दलितको आवाज प्रदेश सभा र सरकारमा उठाउँछौं ।’ कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी राज्य मन्त्री रजकले भनिन् ‘दलितहरुको लागि राजविराजमा सुविधा सम्पन्न भवन निर्माणका लागि बजेटमा राख्ने छौं’ ।

कार्यक्रममा दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानले स्थानीय,प्रदेश तथा संघिय सरकारमा दलितहरुको प्रतिनिधित्व न्यून रहेको, दलितहरुको संवैधानिक अधिकार कार्यान्व्यन हुन नसकेको, दलितहरु माथिको उत्पीडनको घटनामा कमी नआएको र दलितहरुलाई प्रहरी प्रशासन समेतले बेवास्ता गरेका कारण संयुक्त दलित राजनीतिक समितिको आवश्यकता रहेको बताएका थिए ।
कार्यक्रममा माओवादी नेता छेदी रजक, सियाराम पासमान, कञ्चनरुप न.पा.४का वडा अध्यक्ष जोगेन्द्र पासमान, बोदेबर्साइनका न.पा.२का वडा अध्यक्ष राम प्रसाद राम, दलित अगुवा कपलेश्वर सरदार,मोहनी साफी मनोज मेहतर लगायतले दलित अधिकार कार्यान्व्यनका लागि एकता बद्ध भएर लाग्नुको बिकल्प नरहेको बताएका थिए । प्रथमलाल रामको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सप्तकोशी नगरपालिकाका दलित कार्यपालिका सदस्य तथा दलित कार्यपालिका सप्तरी संजालका सह संयोजक राजेन्द्र बिश्वकर्माले गरेका थिए ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार