अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर, २३ साउन । । पत्रकारलाई दुव्र्यवहार गर्ने सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलसहितलाई बुधबारकार्वाही गर्न प्रहरीमा जाहेरी परेको छ ।
पत्रकार महासंघ सप्तरीका सचिव समेत रहेका कान्तिपुर टीभी संवाददाता रामनारायण विश्वास, पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष रहेका राजविराज दैनिकका पत्रकार नवीन गुप्ता र नेपाल समाचार पत्रकार स्थानीय संवाददाता विद्यानन्द रामलाई अध्यक्ष मण्डलसहितकाले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा केहीबेर थुनेर संचार उपकरण खोस्दै दुर्व्यवहार गरेका छन् ।
अध्यक्ष मण्डलसहितका दाेषीलाई कार्वाहीको माग गर्दै जिल्ला प्रहरी प्रमुख एसपी गजुसिद्दी बज्राचार्य समक्ष जाहेरी दिएका हुन् ।
पीडित तिनै जना पत्रकारले दोषीलाई कार्वाही गर्न जाहेरी दिए भने संस्थागततर्फबाट नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले समेत निवेदन दिएका छन् ।