img

दलित समुदायका पत्रकारहरुले विभेदको सामना गर्दै ः केन्द्रिय उपाध्यक्ष पासवान


अपूर्व न्यूज समाचारदाता ।
जनकपुर,४ असार । राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष भोला पासवानले पत्रकारिता क्षेत्रमा पनि समाजिक प्रभाव कायम रहेकोले दलित समुदायका पत्रकारहरुले विभेदको सामना गर्नु परीरहेको बताएका छन् ।
मंगलबार राष्ट्रिय दलित पत्रकार संघ नेपाल धनुषाको दोस्रो जिल्ला अधिवेशनमा प्रमुख अथितिको आसनबाट बोल्दै उपाध्यक्ष पासवानले सो कुरा बताएका हुन् ।
पत्रकार महासँघले सदस्यता वितरण गर्दा दलित र महिलालाई प्राथमिकता दिएको भएपनि नयाँ सदस्यता वितरण र नवीकरणमा जिल्ला,प्रदेश र केन्द्रले विभेद गरीरहेको बताउँदै उपाध्यक्ष पासवानले दलित समुदायका पत्रकारहरुले सशक्त रुपमा प्रतिरोध गर्नुपर्ने बताए । राष्ट्रिय दलित पत्रकार संघ नेपालले देशभरी महासंघका सदस्यता नवीकरण र शुद्धिकरणका नाममा दलित समुदायका पत्रकारमाथि गरिएको विभेदबारे अध्ययन गरेर सुझाव दिएको बताए । पत्रकारिता क्षेत्रमा समेत दलित समुदायका पत्रकारहरुले अवसर पाउन सवालमा विभेदको सामना गर्नु परीरहेको छ ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल धनुषाको दोस्रो जिल्ला अधिवेशनमा आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव आपना सान्दर्भिक भनाई राख्दैं ।

आमसञ्ंचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादबले दलित समुदायका पत्रकारहरुलाई छात्रवृत्ति,पत्रकारिता लगायतका अवसरमा प्रातमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । दलित समुदायका पत्रकारहरुले मिसन पत्रकारिता गर्नुपर्ने बताउँदै यादबले भने,‘ पत्रकारिता पेशामा दलित समुदायललाई टिक्न मुश्किल छ । ’ तथ्यमा अधारित पत्रकारिता गर्न सुझाव दिदैँ प्राधिकरण अध्यक्ष यादबले दलित समुदायका पत्रकारहरु संगठित भएर पेशागत हकहितका लागि लड्न आग्रह गरेका थिए ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल धनुषाको दोस्रो जिल्ला अधिवेशनमा मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास आपना सान्दर्भिक भनाई राख्दैं ।

मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासले पत्रकारिता क्षेत्रमा पनि विभेद कायम रहेको बताउँदै पत्रकार महासंघले दलित समुदायका नयाँलाई सदस्यता दिने त कता हो कता भएका सक्रिय रहेका दलित समुदायका पत्रकारहरु समेतलाई शुद्धिकरणका नाममा हटाउने प्रपञ्च गरीरहेको बताए । राष्ट्रिय दलित पत्रकार संघ नेपालको मधेश प्रदेश अध्यक्ष समेत रहेका दासले संघलाई सक्रिय रुपमा परिचालन गर्दै दलित अधिकार कार्यान्वयनमा सहयोग पुग्ने ढंगले काम गर्नुपर्ने बताए ।

कार्यक्रममा इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवानले मधेश प्रदेशमा दलितमाथि दैनिक जातीय विभेद र हिंसाका घटना घटीरहेको जानकारी गराएका थिए । ‘ दलित समुदायको १७ प्रतिशत जनंसख्या रहेको मधेश प्रदेशमा मानव अधिकार उल्घनका घटनामा भने दलित समुदायका २१देखी २९ प्रतिशतसम्म पीडित बन्नु परेको छ ।

’सप्तरीको पातोमा दलित समुदायलाई ऐलानी जग्गाबाट हटाउने नाममा आधा दर्जनभन्दा बढीलाई निर्घात कुटपिट गरेको बताउँदै पासवानले दलित समुदायका पत्रकारहरुलाई एकताबद्ध भएर विषय केन्द्रित पत्रकारिता गर्न आग्रह गरेका थिए । कार्यक्रममा दलित अगुवा सुनिता मेस्तरले दलितमाथि घटना हुदाँ प्रमाण नष्ट भएपछि पत्रकार तथा अधिकारकर्मी पुग्ने गरेको बताए । अशोक धन्कारद्धारा संचालित कार्यक्रममा पत्रकार राजेश सक्सेनाले सहभागीहरुलाई स्वागत गरेका थिए ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल धनुषाको अध्यक्षमा पुन ः दास
राष्ट्रिय दलित पत्रकार संघ नेपाल धनुषाको दोस्रो जिल्ला अधिवेशनले कुलदीप दासलाई पुन ः अध्यक्षमा चयन गरेको छ । ९ सदस्य जिल्ला समितिको उपाध्यक्षमा मनोज पासवान,सचिवमा अशोक धन्कार र कोषाध्यक्षमा अनामिका मण्डललाई चयन गरेको छ ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल धनुषाको दोस्रो जिल्ला अधिवेशनमा संघका नव अध्यक्ष कुलदिप दास आपना सान्दर्भिक भनाई राख्दैं ।

समितिका सदस्यहरुमा जितेन्द्र राम,ममता बैठा,निकी दास,नन्दनी दास कुमारी दास र सरोज राउत चयन भएका छन् । त्यसैगरी प्रदेश पार्षदमा राजेश सक्सेना,विरेन्द्र पासवान, र केन्द्रिय प्रतिनिधिमा कैलाश दास,रामएकवाल महरा चयन गरेको छ ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार