img

अपराध नियन्त्रण गर्न सञ्चारकर्मी र प्रहरी बीच सहकार्य एवम् समन्वयको खाचो : डिएसपी नेपाल


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर, १९ जेठ । ईलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीको प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक(डिएसपी) महेन्द्र नेपालले अपराध नियन्त्रण गर्न सञ्चारकर्मी र प्रहरी वीच सहकार्य एवम् समन्वयको खाचो रहेको बताएका छन् ।

शान्ति सुरक्षा तथा अपराध नियन्त्रण सम्बन्धि सुझाव राख्दै पत्रकार भोला पासवान ।

शनिबार इलाका प्रहरी कार्यालय कञ्चनपुरमा भएको पत्रकार भेटघाट कार्यक्रम बोल्दै डिएसपी नेपालले शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रणमा प्रहरी र पत्रकार एकआपसमा सहयोग रहने बताए ।
शान्ति सुरक्षाको प्रत्याभूत गराउने, बास्ताविक पीडितको पहिचान गरी न्यायको पक्षमा वकालत गर्ने र अपराधीक घटनालाई नियन्त्रण गर्ने नै हो”, डिएसपी नेपालले भने, ” सञ्चारकर्मी एक र प्रहरी आपसमा सहयोगी हुन्, दुबैको प्रयासले नै अपराध नियन्त्रण गर्नका लागि पत्रकार र प्रहरी वीच सहकार्य अपरिहार्य छ ।”

पत्रकार भेटघाट कार्यक्रममा सहभागी स्थानीय पत्रकारहरु ।

सञ्चारकर्मी र प्रहरीको सामुहिक प्रयासबाट अपराधीलाई कानुनी दायरमा ल्याउन सकिने भएकोले एक अर्काको वीच समन्वय हुनुपर्ने बताएको हो । शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रणको सवालमा पत्रकारहरुसंग सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

बालुवा,गिट्टीसहित अबैध बन पैदावार निकासी रोक्ने, लागुऔषध नियन्त्रणलाई प्राथमिकता दिने, वास्तविक पीडित पहिचान गरी न्याय दिने, अबैध चोरी तस्करी तथा अपराध नियन्त्रणमा कुनै सम्झौता नहुने उनले जिकिर गरे ।

उक्त अवसारमा बन पैदावरको अबैध निकासी, घरेलु हिंसा, खुलेयाम भइरहेको यौनधन्दा, लागुऔषधको ओसारपसार तथा प्रयोगकर्ताको विगविगी जस्ता क्रियाकलाप नियन्त्रणमा प्रहरीले सक्रियता बढाउनु पर्ने सहभागी सञ्चारकर्मीहरुले सुझाव दिए ।
कार्यक्रममा प्रहरी निरीक्षक अबध कुमार ओझा, पत्रकार भोला पासवान, डम्बर राई, बृजमान तामाङ, राजकुमार पासवान, अनिल पोखरेल, गंगा साह, आनन्दमोहन शर्मा (राजु) किशोर पासवान, मनु पासवानलगायतका स्थानीय पत्रकारहरुको सहभागी रहेको थियो ।
डिएसपी नेपाल २०८० चैत १८ गते प्रहरी केन्द्रिय कार्यालय टंगाल काठमाडौबाट सरुवा भइ इलाका प्रहरी कार्यालय कंचनपुरको प्रमुखको रुपमा कार्यरत छन् ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार