img

सहयोगी सहकारीले मासिक प्रगति विवरण सार्वजनिक गरे


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर,३ जेष्ठ ।
सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनरुप ८ सप्तरीले बैशाख महिनाको मासिक प्रगति विवरण विहिबार सार्वजनिक गरेको हो ।


सहयोगी सहकारीले आज जारी गरिएको मासिक प्रगति विवरण ।

सहकारी विभागबाट २०७९ श्रावण ३१ गते देशभरका सहकारी संस्थाहरुलाई मासिक प्रगति विवरण जारी गर्न निर्देशन दिएका थिए । सो निर्देशन बमोजिम सहयोगी सहकारीले २०८१ बैशाख मसान्तसम्मको वित्तिय विवरण अनुसार शेयर पंजी ३ करोड ३१ लाख २४ हजार २ सय ,जगेडा कोष १ करोड ७९ लाख ५४ हजार २ सय ४७ रुपैंया ५४ पैसा,कुल निक्षेप ३२ करोड १ लाख ८४ हजार ४ सय ७५ रुपैंया,लगानीमा रहेको कर्जा ३२ करोड १८ लाख ७ हजार ५ सय २७ रुपैंया,कुल संस्थागत पुंजी १ करोड ८४ लाख २३ हजार ७ सय १४ रुपैया ५१ पैंसा,विभिन्न कोषहरुको जम्मा रकम १ करोड २५ लाख ८३ हजार ७ सय ६७ रुपैया ४७ पैंसा, वासलात ४२ करोड १० लाख २७ हजार ८ सय ९८ रुपैया २९ पैंसाको कारोबार भएको सहकारीका लेखापाल,व्यवस्थापक तथा सह–व्यवस्थापकले संयुक्त हस्ताक्षर गरी सार्वजनिक रहेको हो ।

सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनरुप ८ सप्तरीका अध्यक्ष अनोज यादवले नियमित रुपमा कार्य गर्दै ।

सो सहकारीमा २७ प्रतिशत तरलता रहनुका साथै कुल शेयर सदस्य संख्या ४ हजार ४ सय ७९ जना र कुल ऋणी सदस्य संख्या ८ सय १९ जना रहेका छन । उक्त सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एउटा सेवा केन्द्र रहेको रहेको हो ।
सो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत दुई महिना यता ८५ लाख ८६ हजार ४ सय ७० रुपैंया थप लगानी बढाए भन्ने तरलता २९ प्रतिशतबाट २७ प्रतिशतमा घटेको हो ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार