img

जनता समाजवादी पार्टी दलका नेता सरोज कुमार यादव बने मधेश प्रदेशका मुख्यमन्त्री


जनकपुरधाम,२७ पुस । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।

मधेश प्रदेशको मुख्यमन्त्री सरोजकुमार यादव नियुक्त पत्र

६ दलको दलसहित ६३ जना सांसदको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका जसपाले जानकारी दिए। उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेपाल संघीय समाजवादी पार्टी, राप्रपा र दुई जना स्वतन्त्र सांसद सुरिता साह र अनिरुद्ध कुमार सिंहले समर्थन गरेका हुन्।
प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। मुख्यमन्त्रीमा नियुक्त भएका यादव यसअघि मधेश प्रदेश सभाका सभामुख थिए। उनी राजपाबाट २०७४ सालमा निर्वाचित भएका थिए भने यसपटक उनी जसपाबाट बाराबाट निर्वाचित भएका हुन्।
उनी यसअघि संविधानसभामा सद्भभावना पार्टीबाट समानुपातिक सांसद थिए। उनी राज्यमन्त्रीसमेत भएका थिए।
मधेश प्रदेशमा नव नियुक्त मुख्यमन्त्री सरोज कुमार यादवलाई नेकपा एमालेका २३, जसपाका १६, जनमत पार्टीको १३, माओवादीका ८, नेपाल संघीय समाजवादीका १, राप्रपाका १ सांसद छन्।


प्रतिक्रिया दिनुहोस् ।