img

चुनावमा प्रत्‍यक्षतर्फ महिला उम्मेदवार बढाउन माग


काठमाडौं,३१ भदौ। सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद कमला पन्तले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको उम्मेदवारी बढाउन सबै राजनीतिक पार्टीहरुलाई आग्रह गरेकी छिन् ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले जनतामा सुशासनको प्रत्याभूति दिलाउन पनि महिलाहरुको प्रत्यक्षतर्फको निर्वाचनमा सहभागिता बढाउन आवश्यक रहेको जिकीर समेत गरिन्।

उनले संविधानले व्यवस्था गरेको महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गराउन पनि राजनीतिक पार्टीका नेतृत्वहरु तयार नभएको भन्दै असन्तुष्टि समेत व्यक्त गरिन् । सांसद पन्तले महिलाहरु भूगोलमा गएर निर्वाचन लड्न सक्षम रहेको उल्लेख गर्दै त्यो कुरालाई आत्मसात गरेर निर्वाचनका लागि उम्मेदवार छनौट गर्न पनि सबै राजनीतिक पार्टीका नेतृत्वको ध्यानाकर्षण गराइन् ।

उनले संविधान अनुसार आगामी निर्वाचनमा महिलाहरुको सहभागिता बढाउने काममा नेतृत्वदायी भूमिका निर्वाह गरिदिन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि आग्रह गरिन्।

सांसद पन्तले भनिन्, ‘ मेरो आग्रह राजनीतिक पार्टीहरुलाई र हाउसको नेता भएकाले सम्माननीय अध्यक्षज्यूलाई पनि आग्रह गर्छु-महिलाहरु सुशासनको निम्ति पनि राज्य संयन्त्रको मूलधारमा पुग्नु पर्छ भन्ने कुराको सोच रहनेछ भन्ने कुरा म आग्रह गर्न चाहन्छु । अर्को २०४७ सालको संविधानमा निर्वाचनमा महिलाहरुले जित्न सक्छन भन्ने मान्यता राजनीतिक नेतृत्वले पुर्‍याउनु पर्‍यो । संविधानले परिकल्पना गरेको महिलाहरुलाई प्रतिनिधित्व गराउने विषयमा पनि हाम्रो राजनीतिक नेतृत्वले स्वीकार गर्दैन ।’

सांसद पन्तले दशैं–तिहारजस्ता चाडबार्ड आएको उल्लेख गर्दै सर्वसाधारणका लागि सुलभ र सस्तो बजारको व्यवस्था गर्न पनि सरकारसँग माग गरिन् । साभार ः अनलाइन खबर डटकम

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780