काठमाडौं,२२ साउन ।
सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा उम्मेदवारी घोषणा गरेका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टा छुट्टै भेट गरेका छन् ।
भेटमा असन्न प्रतिनिधि सभा चुनावमा सहकार्य गर्ने बारेमा कुराकानी भएको डा.राउतको सचिवालयले जनाएको छ ।
राउतले सप्तरी क्षेत्र नं. २ बाट उम्मेद्वारी घोषणा गरेका छन् । जहाँबाट गत चुनावमा जसपा अध्यक्ष यादव सांसद चुनिएका थिए ।
राउतको सचिवालयका अनुसार जनमत पार्टीले रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी सहित अन्य दलहरूसँग पनि सहकार्यका लागि संवाद जारी राखेको छ ।
गएको स्थानीय निर्वाचनमा एक्लै लडेको जनमत पार्टीले सोचे अनुसार नतिजा ल्याउन नसकेपछि प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सहकार्य गर्ने तयारी गरेको छ । साभार ः अनलाइन खबर डटकम
Loading items...
Loading posts...
Loading products...
Loading ad spaces...