img

सप्तरीको माँ छिन्नमस्ता मन्दिर सौन्दर्यीकरण कार्य मुख्यमन्त्री सिंहद्वारा उद्घाटन


राजकुमार पासवान ।
छिन्नमस्ता(सप्तरी),२३ साउन । प्रसिद्ध धार्मिक स्थल माँ छिन्नमस्ता भगवती मन्दिर परिसरको सौन्दर्यीकरण तथा आवश्यक निर्माण कार्यको मधेश प्रदेशका मुख्यमन्त्री संतिश कुमार सिंहले उद्घाटन गरेकाे हाे।

प्रदेश सरकारको सहयोगमा छिन्नमस्ता तीर्थस्थलको संरक्षण र विकास

शुक्रबार उद्घाटन समारोहमा मुख्यमन्त्री सिंहले धार्मिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण, विकास र प्रवर्द्धनमा प्रदेश सरकार दृढप्रतिबद्ध रहेको बताए। उनले यो पवित्र तीर्थस्थलको निर्माण तथा सौन्दर्यीकरण कार्यमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै, “माँ छिन्नमस्ता भगवतीले हामी सबैको रक्षा गरून” भन्ने शुभकामना व्यक्त गरेका छन्।

माँ छिन्नमस्ता हामी सबैको रक्षा गरून : उद्घाटन कार्यक्रममा मुख्यमन्त्री सिंह

प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय सप्तरीद्वारा सम्पन्न उक्त परियोजनाको उद्घाटन कार्यक्रममा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विदानन्द चौधरीलगायत स्थानीय जनप्रतिनिधि, अधिकारी र श्रद्धालुहरूको उपस्थिती रहेको थियो।


प्रतिक्रिया दिनुहोस् ।