img

गृहमन्त्री लेखीको पहलमा थारु कुट्टीमा सस्तो र सहज आवास : अब दुई सयमै आरामदायी कोठा


अपुर्व न्यूज समाचारदाता ।
जनकपुरधाम, २४ असार । मधेस प्रदेशको राजधानी जनकपुरधाममा अब जम्मा दुई सय रुपैयाँमै आरामदायी बास बस्न पाइने भएको हाे।
गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको विशेष पहलमा निर्माण गरिएको “थारु कुट्टी” मार्फत यो सेवा उपलब्ध गराइने भएको हो।

जनकपुरमा थारु कुट्टीबाट सस्तो आवास सेवा सुरु, २० कोठा विस्तारको तयारी

थारु कुट्टीका अध्यक्ष बिशुनदेव चौधरीले,- जुनसुकै वर्ग र समुदायका आगन्तुकहरूले न्यूनतम शुल्कमा शान्त र सुरक्षित आवासको सुविधा लिन सक्नेछन्। “हामीले सामाजिक समावेशिता र पहुँचको ध्यान दिँदै सबैका लागि सहज सुविधा उपलब्ध गराएका छौं,” अध्यक्ष चौधरीले जानकारी दिनुभयो।

मधेस प्रदेशका सञ्चार, गृहमन्त्री राजकुमार लेखी फाइल : फाेटाे

भवन निर्माण सम्पन्न भएपछि गृहमन्त्री लेखीले मंगलबार बिहानै थारु कुट्टी पुगेर भवनको निरीक्षण र अवलोकन गर्नुभएको थियो। सो अवसरमा उहाँले कुट्टी व्यवस्थापन समितिलाई सुविधा यथाशीघ्र सञ्चालनमा ल्याउन निर्देशन समेत दिनुभयो।

थारु कुट्टीमा सबैका लागि खुला बासः अब दुई सयमै आरामदायी कोठा

हाल एकतले रहेको थारु कुट्टीमा १० वटा कोठा सञ्चालनमा छन् भने आगामी दिनमा थप २० कोठाको निर्माण गर्ने लक्ष्य लिइएको छ।
गृहमन्त्री लेखीले विगतमा दलित, मुस्लिम, महिला, आदिवासी जनजाति लगायत शोषित तथा उत्पीडित वर्गहरूको हकहित र पहिचानका लागि देशव्यापी अभियान सञ्चालन गर्दा यही थारु कुट्टीमा बास बस्ने, बैठक तथा छलफल गर्ने गर्नुहुन्थ्यो। उहाँको स्मरणसँगै थारु कुट्टीले सामाजिक न्याय र सहअस्तित्वको प्रतीकको रुपमा आफ्नो पहिचान बनाउन थालेको छ।


प्रतिक्रिया दिनुहोस् ।