img

रोजगार सेवा केन्द्र अब ‘सीप र उद्यमशीलता केन्द्र’ बन्ने : युवा,श्रम तथा राेजगार मन्त्रालय


काठमाडौं, जेठ । सरकारले देशभरका स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई अब “रोजगार, सीप तथा उद्यमशीलता केन्द्र” का रूपमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको हाे।

 

युवा, श्रम तथा रोजगार मन्त्रालयले नयाँ कार्यविधि स्वीकृत गरी कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाएको जनाएको हाे ।साे मन्त्रालयका अनुसार “रोजगार, सीप तथा उद्यमशीलता सम्बन्धी एकीकृत सेवा प्रवाह कार्यविधि, २०८३” लागू भएपछि रोजगार, सीप विकास र उद्यमशीलतासम्बन्धी सेवा एकद्वार प्रणालीमार्फत उपलब्ध गराइनेछ।नयाँ व्यवस्थाअनुसार स्थानीय तहबाट बेरोजगार दर्ता, सार्वजनिक रोजगार कार्यक्रम, सीप विकास तालिम, रोजगार परामर्श, जब म्याचिङ, उद्यमशीलता प्रवर्द्धन तथा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुनःएकीकरणसम्बन्धी सेवा सञ्चालन गरिनेछ।

बेरोजगारदेखि उद्यमीसम्मका सेवा अब एकै केन्द्रबाट : सरकारले ल्यायो रोजगार र सीप विकासको एकद्वार प्रणाली

साे सरकारले हाल विभिन्न निकायबाट छुट्टाछुट्टै सञ्चालन भइरहेका रोजगार र सीप विकास कार्यक्रमलाई संघ, प्रदेश र स्थानीय तहको समन्वयमा प्रभावकारी रूपमा सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको हाे। मन्त्रालयले निजी क्षेत्र, तालिम प्रदायक संस्था, ट्रेड युनियन तथा सरोकारवालालाई सहकार्य गर्न पनि आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस् ।