राजकुमार पासवान ।
कञ्चनपुर(सप्तरी),२४ भदौ । जेनजी आन्दोलनलाई समर्थन गर्दै सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.८ बेरियर र बजार मंगलबार बिहानैदेखि स्थानीय युवाहरू र विद्यार्थीहरूले लोकराज मार्गमा चक्काजाम गरि टायर बालेर प्रदर्शन गरेकाे हाे ।
विद्यार्थीको रगतको न्याय माग्दै सप्तरीमा टायर बालेर प्रदर्शन“केपी ओली मुद्वाबाज भन्दै अलोकतान्त्रिक निर्णय तुरुन्त खारेज गर” आन्दोलनकारीहरूको चेतावनी
आन्दोलनकारीले “सामाजिक सञ्जाल बन्द हाम्रो आवाज दबाउने षड्यन्त्र “विद्यार्थीको रगतको न्याय चाहिन्छ”भन्ने नारासहित प्रदर्शन गरे ।
आन्दोलनकारीले सरकारको निर्णय अलोकतान्त्रिक भएको भन्दै तुरुन्त खारेज गर्न माग गरेका छन् । उनीहरूले काठमाडौंमा शान्तिपूर्ण आन्दोलनमा संलग्न २४ जना विद्यार्थीको ज्यान लिने राज्यको दमनको कठोर शब्दमा विरोध गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
स्थानीय युवाहरूले चेतावनी दिँदै भने, यदि सरकारले सामाजिक सञ्जाल बन्द निर्णय फिर्ता,संसद विघटन,चुनावी अन्तरिम सरकार गठन,प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीलु, भष्ट्रचार विरुद्ध विद्यार्थीहरूलाई न्याय नदिएसम्म आन्दोलनलाई अझ व्यापक बनाइनेछ ।