उपेश नाैवाग ।
काठमाडौं, १८ भदौ। इतिहासमै पहिलो पटक चन्द्रागिरि नगर क्षेत्रमा महिला प्रहरी अधिकारीहरूले कमाण्डिङ जिम्मेवारी सम्हालेकी छिन्।
शान्ति सुरक्षाको नेतृत्वदायी भूमिकामा प्रहरी नायव उपरीक्षक (डीएसपी) एलिजा गिरी र प्रहरी निरीक्षक लक्ष्मी खड्का जिम्मेवारीसहित प्रस्तुत भएका हुन्।
डीएसपी गिरीले थानकोट प्रहरी वृत्तको कमाण्ड सम्हालेकी छन् भने प्रहरी निरीक्षक खड्काले बलम्बु प्रहरी प्रभागको कमाण्ड सम्हालेकी छिन्। दुवै महिला प्रहरी अधिकृतको नेतृत्वले स्थानीय क्षेत्रमा शान्ति सुरक्षाको स्तर थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
प्रहरी सेवामा महिला सशक्तीकरण : पहिलोपटक दुई महिला कमाण्डर
सुरक्षा निकायमा महिला नेतृत्वको यो पहिचानलाई ऐतिहासिक उपलब्धि मानिएको छ। स्थानीयवासीहरूले यसलाई महिला सशक्तीकरण र सुरक्षामा समान सहभागिताको महत्वपूर्ण कदमका रूपमा स्वागत गरेकी छिन्।