img

कञ्चनरुपमा दशैं विशेष ‘उत्सवको रंग’ ः कला र फोटोग्राफी प्रतियोगिता हुने


राजकुमार पासवान ।
कञ्चनपुर (सप्तरी),५ भदौ । यस वर्ष दशैंलाई फरक ढंगले मनाउने उद्देश्यसहित ‘उत्सवको रंग स् हाम्रो पर्व, हाम्रो कला, हाम्रो कथा’ कला तथा फोटोग्राफी प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका छन्।
बुधबार ग्राफिक डिजाइनर करण रौनियारले आपनो सामाजिक सञ्जालमार्फत प्रतियोगितामा बालबालिकादेखि युवा र वयस्कसम्म सहभागी भई आफ्नो सिर्जनशीलता प्रदर्शन गर्न सक्नेछन्। “दशैं केवल व्यक्तिगत उत्सवमा सीमित नभई रंग, सिर्जनशीलता र सम्झनासँगै मनाउनुपर्छ,” रौनियारले बताए।

करण रौनियारको पहल : दशैं विशेष कला–फोटोग्राफी प्रतियोगिता

रौनियारले भने,उक्त प्रतियोगिताबाट सिर्जनशीलतालाई मञ्च प्रदान गर्ने, समुदायलाई एकताबद्ध गर्ने र संस्कृतिको जीवन्ततालाई विश्वसामु प्रस्तुत गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ। साथै, उनले प्रतियोगितामा समाजका सामाजिक सञ्जालमा दखल राख्ने युवा, बिधार्थीदेखि सामाजिक अभियान्तासम्म सबैको सहकार्य अपेक्षा गरिएको स्पष्ट पारे।

दशैंलाई फरक ढंगले मनाउने तयारी, सुरु हुँदैछ ‘उत्सवको रंग दशैंमा ‘उत्सवको रंग’ : कला र फोटोग्राफी

आयोजकका अनुसार प्रतियोगिताको विस्तृत विवरण, मिति र पुरस्कारबारे जानकारी चाँडै सार्वजनिक गरिनेछ। सो सो ग्राफिक डिजाइनर करण रौनियार सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.८ स्थित कञ्चनपुर निवासी हो ।


प्रतिक्रिया दिनुहोस् ।