काठमाडौं, २ भदौ। सर्लाहीको बलरा नगरपालिका–३ निवासी राजीव कुमार मिश्रसहित दर्जनौं नेता कार्यकर्ताले नेपाली काँग्रेस परित्याग गर्दै जनमत पार्टीमा प्रवेश गरेका छन्।
साेमबार काठमाडौंस्थित जनमत पार्टी केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा उनीहरुलाई पार्टीका शीर्ष नेताहरूले स्वागत गरेकाे हाे ।
नेपाली काँग्रेस परित्याग गरी राजीव मिश्रसहित दर्जनौं नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश
साे कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष नरेन्द्र चौधरी, मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, प्रवक्ता शरद सिंह यादव, केन्द्रीय कार्यकारिणी सदस्य संजयकुमार सिंह र सर्लाही इञ्चार्ज श्रीचन यादवलगायतका नेताहरूको उपस्थिति थियो।
साे स्वागत कार्यक्रममा बोल्ने नेताहरूले जनमत पार्टी देश र मधेशको हितका लागि वैकल्पिक शक्ति बनेर अघि बढिरहेको उल्लेख गर्दै नवप्रवेशीलाई स्वागत गरेकाे हाे ।
जनमत पार्टीमा काँग्रेस कार्यकर्ताको लहर : सर्लाहीका प्रभावशाली नेता राजीव मिश्रसहित समूह प्रवेश जनमतमा प्रवेश
उनीहरूले जनमत पार्टीले जनताको विश्वास जित्दै गएको र त्यसैका कारण विभिन्न जिल्लाबाट प्रवेशकर्ता बढिरहेको बताएका थिए।
पछिल्लो समय मधेशका जिल्लामा जनमत पार्टीप्रतिको आकर्षण तीव्र गतिमा बढ्दै गएको जनाइएको छ।