img

प्रधानमन्त्री ओली जनकपुर आइपुग्ने : मधेश प्रदेश कार्यालय उद्वघान गर्ने


जनकपुरधाम, ३० साउन। प्रधानमन्त्री केपी शर्मा ओली आज मधेस प्रदेशका प्रमुख कार्यक्रमहरुमा आउने भएका छन ।

प्रधानमन्त्री केपी ओली ।

उहाँ प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको निमन्त्रणामा हेलिकप्टरमार्फत जनकपुर पुगेका हुन्।

सुरक्षा कडा, प्रदेशका ८ जिल्लाका प्रहरी कमान्डर उपस्थित

प्रधानमन्त्रीको प्रमुख कार्यक्रम जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ मा बनेको मधेस प्रहरी कार्यालयको नयाँ प्रशासनिक भवन उद्घाटन गर्नु हो।

त्यसैगरी उहाँले आजै धनुषा र महोत्तरीमा एक–एक सडकको शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ।
साउन महिनामा प्रधानमन्त्री ओलीको यो दोस्रो मधेस भ्रमण हो।


प्रतिक्रिया दिनुहोस् ।