राजकुमार पासवान ।
जनकपुरधाम,२९ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरूको ३ सदस्यीय प्रतिनिधिमण्डलले आज विहान औपचारिक भेटवार्ता गरेको हाे।
पानी अभाव समाधानका लागि भारत–मधेश सहकार्यको नयाँ कदम
साे भेटका क्रममा प्रतिनिधिमण्डलले प्रदेशमा भूगर्भीय पानीको अवस्थाको विस्तृत मूल्याङ्कन गर्ने र पानीको अभाव समाधानका लागि वैज्ञानिक तथा दीर्घकालीन उपायहरू सुझावस्वरूप प्रस्तुत गर्ने योजना साझा गरेको छ। यस अन्तर्गत टोलीले आगामी दिनमा मधेश प्रदेशका विभिन्न जिल्लामा मैदानी अध्ययन, नमुना परीक्षण तथा तथ्याङ्क संकलनमार्फत आवश्यक अनुसन्धान गर्नेछ।
साे भारतीय टोलीमा जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरू आशिष पाण्डे, जगदम्बा प्रसाद र प्रसान्त राय सहभागी थिए।
मुख्यमन्त्री सिंहले प्रतिनिधिमण्डलको अध्ययन तथा सिफारिसले प्रदेशमा दिगो पानी व्यवस्थापन, भू–जल संरक्षण र जलस्रोतको प्रभावकारी उपयोगमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै प्रदेश सरकार अनुसन्धान कार्यमा पूर्ण सहयोग गर्न तयार रहेको बताउनुभएकाे हाे।