img

बागमतीका निलम्बित मेयर भरतकुमार थापा गैरकानुनी सम्पत्ति प्रकरणमा दोषी ठहर


अपूर्व न्यूज समाचरदाता ।
काठमाडौं, २२ साउन। सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा दोषी ठहर भएकाे हाे।

सर्लाहीको भव्य भरत ताल ।

१६ महिना अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले बुधबार आंशिक ठहरसहितको फैसला सुनाएको हो। थापामाथि पाँच करोड ३३ लाख ५३ हजार रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप थियो।

विशेष अदालतको फैसला : निलम्बित मेयर थापाको सम्पत्ति जफत हुने

साे विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले थापालाई गैरकानुनी सम्पत्ति आर्जन र हानि–नोक्सानीसम्बन्धी अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर गरेको हाे।

भरत ताल

साे गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा थापालाई एक वर्ष कैद, तीन करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ जरिवाना र सो बराबरको सम्पत्ति जफत गर्ने आदेश भएको छ।

सर्लाहीका मेयर थापा भ्रष्टाचार प्रकरणमा कारावास र जरिवानाको सजाय

साे हानि–नोक्सानीसम्बन्धी भ्रष्टाचार मुद्दाको सजाय भने २९ साउनमा सुनाइने अदालतले जनाएको छ।
सो मुद्दामा थापासहित विमलकुमार पोखरेल र सागर पौडेल पनि दोषी ठहर भएका छन्। तर, शिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरी भने सफाइ पाएका छन्।


प्रतिक्रिया दिनुहोस् ।