img

विवाहित पुरुषसँग सम्बन्ध राख्ने महिलामाथि पनि कानूनी कारबाही : संघिय कानुन मन्त्री चौरसिया


काठमाडौँ,२१ साउन। कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले बहुविवाहसम्बन्धी नयाँ कानून नआउने आज  स्पष्ट पारेकाे हाे।

माइतीघरमा अनशनरत बिनु यादवलाई भेट्दै मन्त्री चौरसियाको घोषणा”

तर, विवाहित पुरुषसँग स्वेच्छाले सम्बन्ध राख्ने महिलालाई समेत कानूनी कारबाहीको दायरामा ल्याइने किसिमको व्यवस्था गर्न सरकार तयारी अवस्थामा रहेको उनले बताएका छन्।
माइतीघरमा अनशनरत बिनु यादवलाई भेट्दै मन्त्री चौरसियाले भनेकाे हाे ।

वैवाहिक विवाद रोक्न नयाँ कानूनी व्यवस्था ल्याउने तयारी”

“बहुविवाहको नयाँ कानून आउँदैन, तर एकपटक विवाह भइसकेको पुरुषसँग सम्बन्ध राख्ने महिलालाई समेत कानूनी कारबाहीको प्रावधान ल्याइनेछ।”
साे मन्त्री चौरसियाले,भने-यस प्रकारको कानूनी प्रावधान ल्याएर वैवाहिक संस्थालाई मजबुत बनाउने र समाजमा देखिएका विवाद तथा असमानताका घटनालाई रोक्ने सरकारको तयारी छ।


प्रतिक्रिया दिनुहोस् ।