img

गर्भवती र सुत्केरी महिलाका लागि कञ्चनरुप नगरपालिकाबाट विशेष कार्यक्रम : नगरप्रमुख गुप्ता


राजकुमार पासवान।
कञ्चनपुर(सप्तरी),१६ साउन । सप्तरीको कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताले,भने-गर्भवती र सुत्केरी महिलाका लागि नगरपालिका विशेष कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभएको हाे।

कञ्चनरुपमा विश्व स्तनपान सप्ताह कार्यक्रममा स्वास्थ्य शाखाका सह संयाेजक डम्बर गुप्ता सहजिकरण गर्दै ।

शुक्रबार “स्तनपानलाई प्राथमिकता दिऔँ, सहयोगी वातावरण निर्माण गरौँ” भन्ने नारासहित विश्व स्तनपान साप्ताह  कञ्चनरुप नगरपालिका वडा नं. ३ स्थित  बरमझियामा आयोजित कार्यक्रमकाे अवसरमा साे कुरा नगरप्रमुख गुप्ताले बताउनु भएको हाे ।

कञ्चनरुपमा विश्व स्तनपान सप्ताह कार्यक्रममा सुत्केरी आमाहरु 

विश्व स्तनपान सप्ताहको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगरप्रमुख गुप्ताले गर्भवती महिलाको स्वास्थ्यलाई प्राथमिकता दिँदै विभिन्न सेवा सुविधा उपलब्ध गराइएको बताउनु भएको हाे। वहाले भने, नगरपालिकाले गर्भवती महिलासँग ‘मेयर कार्यक्रम’ र ‘जनता संग घरदैलो कार्यक्रम’ सञ्चालन गर्दै आएको बताएको हाे।

कञ्चनरुपमा विश्व स्तनपान सप्ताह कार्यक्रम सम्बन्धि सुचना ।

त्यसैगरी गर्भवती महिलालाई फोलिक एसिड र क्याल्सियम चक्की वितरण, निःशुल्क एम्बुलेन्स सेवा, हालै सुरु गरिएको निःशुल्क भिडियो एक्स-रे सेवा र स्त्री तथा प्रसूति रोग विशेषज्ञको निःशुल्क परामर्श सेवा समेत उपलब्ध गराइएको हाे।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका पोषण फोकल पर्सन जागेश्वर खडगा, स्वास्थ्य शाखाका पोषण सहजकर्ता शुशिला कुमारी चौधरी, जनस्वास्थ्य अधिकृत सुरेन्द्र प्रसाद यादव, जनस्वास्थ्य निरीक्षक वेदानन्द साह तथा आसमान नेपालका संजय यादवको उपस्थिति रहेको थियो।

नेपालकै पहिलो पूर्ण स्तनपान नगरपालिका बन्ने तयारीमा कञ्चनरुप

साे कार्यक्रममा बोल्दै नगरप्रमुख गुप्ताले गर्भवती र सुत्केरी महिलाका लागि नगरपालिकाले विशेष कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार, गर्भवती महिलासँग मेयर कार्यक्रम, जनता संग घरदैलो कार्यक्रम, गर्भवतीलाई फोलिक एसिड र क्याल्सियम चक्की वितरण, निःशुल्क एम्बुलेन्स सुविधा, हालै सुरु गरिएको निःशुल्क भिडियो एक्स-रे सेवा तथा स्त्रीरोग विशेषज्ञको निःशुल्क परामर्श सेवा उपलब्ध गराइएको हाे ।

सुत्केरी आमाको स्वास्थ्य र पोषणका लागि नगरप्रमुखबाट विशेष पहल

साे कार्यक्रममा स्वास्थ्य चौकी बरमझियाकी नर्सिङ प्रमुख तथा हेलो सिस्टर संयोजक किरण कुमारी गुप्ताले स्तनपान सम्बन्धी जनचेतनामूलक प्रस्तुति दिनुभयो। सो अवसरमा जनस्वास्थ्य अधिकृत डम्बर प्रसाद गुप्ताले सुत्केरी आमाका लागि महत्वपूर्ण मानिने ‘ज्वानोको झोल’ बनाउनुपर्ने विधि प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममै सहभागी सुत्केरी आमालाई ज्वानोको झोल खुवाइयो र नगरप्रमुख गुप्ताबाट ज्वानोको प्याकेट समेत वितरण गरियो ।

जिल्ला स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन जागेश्वर खडगाले बरमझिया स्वास्थ्य चौकीले नेपालमै पहिलो पटक घरमै शून्य प्रसूति घोषणा गर्न सफल भएको र अब यस संस्थाले मधेश प्रदेशकै पहिलो पोषणमैत्री स्थानीय स्वास्थ्य संस्था बन्ने सबै सूचक पूरा गरेको जानकारी दिनुभयो। साथै कञ्चनरुप नगरपालिकामा १ घण्टाभित्र शिशुलाई स्तनपान गराउने र ६ महिना पूर्ण स्तनपान गर्ने आमाको संख्या १०० प्रतिशत नजिक रहेकोले नेपालमै पहिलो पटक यस नगरपालिकालाई पूर्ण स्तनपान नगरपालिका घोषणा गर्ने सम्भावना रहेको उहाँले बताउनुभयो।

बरमझिया स्वास्थ्य चौकी : शून्य प्रसूति र पोषणमैत्री स्वास्थ्य संस्था घोषणाको पूर्वतयारी

साे कार्यक्रममा कञ्चनरुप नगरपालिका वडा नं.३ का अध्यक्ष गुलटेन चौधरीले गुणस्तरीय सेवा प्रदान गरिरहेको सम्पूर्ण स्वास्थ्यकर्मीलाई धन्यवाद ज्ञापन गर्नुभयो। स्वास्थ्य शाखा प्रमुख रामसेवक यादवले स्तनपान तथा पूरक आहार बालबालिकाको जीवन र स्वास्थ्यका लागि अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै कार्यक्रम समापन गर्नुभएकाे हाे।     साे कञ्चनरुपमा विश्व स्तनपान सप्ताह कार्यक्रम साउन १६ गतेदेखि २२ गतेसम्म सञ्चालन रहने स्वास्थ्य शाखा प्रमुख यादवले जानकारी दिएको हाे ।
सो कार्यक्रम कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा तथा वडा नं. ३ का वडा अध्यक्ष गुलटेन चौधरीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन र सहजीकरण जनस्वास्थ्य अधिकृत डम्बर प्रसाद गुप्ताले गर्नुभएको हाे । साे कार्यक्रमको अध्यक्षता स्वास्थ्य शाखा प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत रामसेवक यादवले गर्नुभएकाे हाे। 


प्रतिक्रिया दिनुहोस् ।