राजकुमार पासवान ।
राजविराज,१६ साउन । जनमत पार्टी सप्तरीले साउन १७ गते शनिबार जिल्ला समन्वय समितिको प्रथम बैठक आह्वान गरेको हाे।

साे पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जय कान्त राउतको प्रमुख आतिथ्यमा बैठक राजविराज–८ स्थित ग्रीनल्यान्ड पार्टी प्यालेस, मदननगरमा बिहान ११ बजे सुरु हुनेछ।
सप्तरीमा जनमत पार्टीको रणनीतिक बैठक, सबै पालिका र वडा अध्यक्ष अनिवार्य उपस्थिति
साे बैठकमा जिल्ला समन्वय समितिका सम्पूर्ण सदस्य, सप्तरीका सबै स्थानीय तहका पालिका अध्यक्ष र वडा अध्यक्षहरूको अनिवार्य उपस्थिति रहने जनाइएको छ। जनमत पार्टी सप्तरीका इन्चार्ज राम गमन साहका अनुसार सहभागी सदस्यहरूले आफ्नो नाम प्रस्ट देखिने गरी नागरिकता वा परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने छ।
जनमत पार्टीको बैठकमा संगठन विस्तार र भावी योजनामा केन्द्रित छलफल
साे बैठकमा संगठनात्मक समन्वय, स्थानीय तहमा पार्टीको भूमिका, भावी रणनीति तथा पार्टी संगठन सुदृढीकरणका विषयमा विस्तृत छलफल र महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको हाे ।व
