img

उपनिर्वाचन लक्षित जनमत पार्टीको अभियान तीव्र, ओमसतिया–२ मा बुथ कमिटी गठन


अपूर्व न्यूज समाचारदाता ।
रुपन्देही, १० साउन। आगामी उपनिर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले रुपन्देही क्षेत्र नम्बर ३ मा सांगठानिक गतिविधिहरूलाई तीव्र बनाएको हाे।

जनमत पार्टीद्वारा ओमसतिया–२ मा ९ सदस्यीय बुथ कमिटी गठन, चुनावी तयारी तीव्र

शनिबार पार्टीले निर्वाचन तयारीलाई संगठित बनाउने उद्देश्यले ओमसतिया गाउँपालिका–२ मा ९ सदस्यीय बुथ कमिटी गठन गरेको हाे।
बुथ कमिटी गठन कार्यक्रम पार्टीका जिल्ला इन्चार्ज तथा केन्द्रीय कार्यकारिणी सदस्य रामकेश गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा वडा अध्यक्ष करद्धावन चौधरीले अध्यक्षता गरेका थिए।

रुपन्देही–३ मा जनमतको रणनीतिक सक्रियता, स्थानीय संरचना सुदृढ हुँदै

कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष राजेन्द्र गुप्ता, केन्द्रीय सदस्यहरू संजय कुमार मिश्र, रामअवध गुप्ता, रामु यादव, प्रमोद राउत, अर्जुन जयसवाल, किरण गुप्ता र शिवचरण गुप्तासहित अन्य नेताहरूको उपस्थिति रहेको थियो। साथै, प्रदेशस्तरका नेता सुमन शर्मा रायमाझी, जिल्ला नेताहरू विरेन्द्र लोध, रविन्द्र प्रताप धवल, रुपचन्द्र यादव, पालिका अध्यक्ष रामेश धवललगायत विभिन्न तहका नेताहरूको सहभागिता रहेको थियो।

उपनिर्वाचन तयारीमा जनमत पार्टी आक्रामक, ओमसतियामा बुथ तहको संगठन सक्रिय

नेताहरूले कार्यक्रममा सम्बोधन गर्दै नवगठित बुथ कमिटीलाई पार्टीको विचार, कार्यक्रम र नीतिलाई गाउँ–गाउँसम्म पुर्‍याउने महत्वपूर्ण जिम्मेवारी बहन गर्न आग्रह गरे। बुथ तहको सशक्त संगठन निर्माणबाट पार्टीको उपस्थिति मजबुत हुने र उपनिर्वाचनमा जनमत पक्षमा वातावरण सिर्जना हुने उनीहरूको विश्वास थियो।
पार्टीले उपनिर्वाचनलाई संगठन विस्तारको अवसरका रूपमा लिँदै स्थानीय जनसंपर्कलाई प्राथमिकता दिएको स्पष्ट देखिन्छ। बुथ कमिटी गठनसँगै जनमत पार्टीले चुनावी रणनैतिक अभियानलाई थप सशक्त बनाउने संकेत दिएको छ।


प्रतिक्रिया दिनुहोस् ।