राजकुमार पासवान ।
जनकपुरधाम, १० साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय सांसद एवं प्रवक्ता मनिष झाले मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसँग भेटवार्ता गर्दै प्रदेशका समसामयिक चुनौती र संभावित समाधानका विषयमा गहन छलफल गरेकाे हाे ।

शनिबार जनकपुरधामस्थित प्रदेश सरकारको कार्यालयमा भेटघाटकाे क्रममा सांसद झाले मधेसमा बढ्दो खडेरी, कृषकहरूलाई पर्ने असर, मल आपूर्तिमा देखिएको असहजता लगायतका विषयहरूमा आफ्नो चासो व्यक्त गरेकाे हाे ।
साथै वहाँले,भने- संघीय तहबाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट आवश्यक सहयोग र समन्वय गर्न सकिने विषयमा पनि मुख्यमन्त्रीलाई विश्वास दिलाएकाे हाे।
सांसद मनिष झाको मधेस मुख्यमन्त्रीसँग भेट : शालीनता र हुटहुटीले प्रभावित भएँ
सांसद झाका अनुसार, “मधेस प्रदेशमा कृषिमा निर्भर ठूलो जनसंख्या भएकाले समयमै मल, पानी र कृषि सामग्रीको व्यवस्था हुनु अत्यन्त जरुरी छ। खडेरीको असरले किसानको मनोबलमा गिरावट आउन थालेको छ। यस्तो अवस्थामा संघ र प्रदेशबीच आपसी समन्वय अपरिहार्य हुन्छ।”
साे भेटपछि सांसद झाले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै मुख्यमन्त्री सतिश कुमार सिंहको व्यक्तित्व र दृष्टिकोणको खुलेर प्रशंसा गरेका छन्।

उनले लेखेका छन्, “मुख्यमन्त्रीज्यूको शालीनता, भद्रता र केही सकारात्मक गरौं भन्ने हुटहुटी साँच्चै मन पर्यो। उहाँजस्तो जनमुखी नेतृत्वले प्रदेशलाई विकासको नयाँ दिशातर्फ लैजानेमा म आशावादी छु।”
मुख्यमन्त्री सिंह भद्रता र काम गर्ने जोश प्रशंसायोग्य” : सांसद मनिष झा
साे भेटवार्तामा प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गर्नुपर्ने विषयहरू, विकास योजनाहरूमा बजेटको सुनिश्चितता, कृषि र सिँचाइमा दीर्घकालीन योजना निर्माणको आवश्यकता जस्ता बुँदाहरू पनि उठान गरिएको बताइएको हाे।
मुख्यमन्त्री सिंहले पनि संघीय सांसदको चासोलाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा संघीय सरकारसँग सहकार्य गरेर प्रदेशका समस्याहरू समाधान गर्न आफू तत्पर रहेको बताए। उनले भने, “हामी समस्या गन्दै होइन, समाधान खोज्दै अघि बढिरहेका छौं। संघीय सांसदहरूको साथ र सुझावले हामीलाई थप हौसला मिलेको छ।”
यो भेटलाई संघ–प्रदेश समन्वयको राम्रो अभ्यासको रूपमा लिइएको छ। यता फरक विचारधाराका नेताहरूबीच भएको सकारात्मक संवादले सहकार्यको संस्कृति बलियो बनाउन सघाउ पुर्याउने विश्वास गरिएको हाे।
