राजकुमार पासवान ।
कञ्चनपुर(सप्तरी), ९ साउन । मधेस प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले सप्तकोशी र कञ्चनरुप नगरपालिकामा विभिन्न विकास निर्माण योजनाहरूको समुद्घाटन गरेकाे हाे ।

शुक्रबार मधेश सरकारका प्रवक्ता लेखीले पहिलो चरणमा सप्तकोशी नगरपालिका वडा नं. ५ गंगाजलीस्थित मन्दिर टोलमा मधेस सरकारको १ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको ४ सय ५२ मिटर लम्बाइको आरसीसी ढलान सडकको समुद्घाटन गरेकाे हाे ।
गृहमन्त्री लेखीद्वारा सप्तरीमा विकास योजनाहरूको उद्घाटन
त्यसपछि मन्त्री लेखीले सप्तकोशी नगरपालिका वडा नं. ४ र ५ मा १ करोड रुपैयाँको बजेटमा निर्माण सम्पन्न भएका अन्य आरसीसी सडकहरूको पनि समुद्घाटन, वडा नं. १ मा रहेको राष्ट्रिय निम्न माध्यमिक विद्यालयको अधुरो भवनलाई २५ लाख रुपैयाँको बजेटमा सम्पन्न गरी समुद्घाटन गरिएको हाे।
सप्तरीमा करोडौं लागतका संरचनाको समुद्घाटन
त्यसैगरी मन्त्री लेखीले त्यसपछि कञ्चनरुप नगरपालिका वडा नं. ३ बरमझिया सुब्बाटोलस्थित शंकर माध्यमिक विद्यालयमा मधेस सरकारकै ३५ लाख रुपैयाँको लागतमा निर्माण भएको नयाँ भवनको पनि समुद्घाटन गरेकाे हाे ।
साे समुद्घाटन समारोहमा नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा कञ्चनरुप नगरपालिकाका पूर्व मेयर वसन्त कुमार मिश्र, स्थानीय जनप्रतिनिधिहरू, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।