img

जनकपुरधाममा जुट्दै जनमत नेतृत्व, प्रेस जनमत संघको बैठक तथा प्रशिक्षण आजदेखि


राजकुमार पासवान ।
जनकपुरधाम, ८ साउन । जनमत पार्टीका अध्यक्ष तथा संघीय सांसद डा. सीके राउतसहित पार्टीका शीर्ष नेताहरू आज जनकपुरधाम आउने भएका छन्।

जनमत पार्टीको केन्द्रीय कार्यालय

उनीहरू बिहीवार बिहान १०:३० बजे काठमाडौंबाट प्रस्थान गरी प्रेस जनमत संघद्वारा आयोजित केन्द्रीय कार्यसमिति बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुग्ने कार्यक्रम तय भएको हो।
प्रेस जनमत संघको बैठक आज बिहान ११:३० बजे जनकपुरधामस्थित राजदरबार होटलमा सुरु हुनेछ। कार्यक्रमको अध्यक्षता संघका केन्द्रीय अध्यक्ष अवधेश झाले गर्नेछन् भने प्रमुख अतिथिका रूपमा डा. राउत सहभागी हुनेछन्।

जनकपुरधाममा पत्रकारहरूको भेला, डा. राउतको विशेष उपस्थितिमा दुईदिने बैठक सुरु

दुई दिनसम्म सञ्चालन हुने उक्त बैठक तथा प्रशिक्षण कार्यक्रम शुक्रबार बिहान १० बजेसम्म चल्नेछ। कार्यक्रममा मधेस प्रदेशका विभिन्न जिल्लाबाट पत्रकारहरूको सहभागिता रहने बताइएको छ।


प्रतिक्रिया दिनुहोस् ।