img

मधेशमा सरकार परिवर्तनको कुनै सम्भावना छैन : भौतिक मन्त्री यादव


राजकुमार पासवान ।
जनकपुरधाम, ७ साउन । मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले प्रदेश सरकार परिवर्तनको कुनै सम्भावना नरहेको स्पष्ट पारेकाे हाे।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय,मधेस प्रदेश
मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय,मधेश प्रदेश

हालै काँग्रेस र एमालेबीच नयाँ सरकार गठनको अभ्यास भइरहेको भन्ने चर्चा सम्बन्धमा उनले ती सबै भ्रमपूर्ण र तथ्यविहीन भएको जिकिर गरे। “मधेशमा नयाँ सरकार गठनबारे न त हाम्रो पार्टीभित्र कुनै औपचारिक छलफल भएको छ, न गठबन्धनमा यस्तो विषय उठेको छ,” उनले भने, “यस्ता अफवाहले सरकारको गरिमा मात्रै घटाउँछ।”

सरकारको गरिमा घटाउने अफवाह नफैलाउन मन्त्री यादवको आग्रह”

एमाले संसदीय दलका नेता समेत रहेका यादवले हालको सरकार नै निरन्तर रहने दाबी गर्दै जनताको जनादेशको सम्मान गर्दै स्थायित्वमा जोड दिनुपर्ने धारणा राखे।
पछिल्लो समय जनमत नेतृत्वको सरकार बदलिने चर्चा चलेका बेला मन्त्री यादवको यो प्रतिक्रिया आएको हो।


प्रतिक्रिया दिनुहोस् ।